मलेसियाविरुद्ध नेपालको शानदार जीत

मलेसियाविरुद्ध नेपालको शानदार जीत


काठमाण्डु – नेपालले मलेसियाविरुद्ध शानदार जीत हासिल गरेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो ।

११० रनको लक्ष्य पछ्याएको नेपालले मलेसियालाई १२.१ ओभरमै भेट्टाएको थियो । नेपालका लागि फेरि पनि कुशल भुर्तेल र आशिफ शेख नायक बनेका छन् । उनीहरुले १०२ रनको शानदार इनिङ्स खेलेका थिए । आशिफ ११.१ ओभरमा ४२ रन बनाएर आउट भएका थिए । तेस्रो विकेटका लागि आएका दीपेन्द्र सिंह ऐरीले ६ रन बनाए ।

नेपालका लागि नायक बनेका कुशलले सर्वाधिक ६१ रन बनाएका थिए । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए । यसअघि मलेसियाले १६.५ ओभरमा १०९ रन बनाएर आलआउट भएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले तीन विकेट लिएका थिए ।

त्यस्तै सन्दीपले दुई र बाँकी सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, साहब आलम र कुशल मल्लले एक एक विकेट लिए । यसअघिको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो भने मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।