नेपालले मलेसियालाई दियो २१८ रनको लक्ष्य

नेपालले मलेसियालाई दियो २१८ रनको लक्ष्य


काठमाण्डु – नेपालले मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत बिहीबार अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको हो ।

नेपालका लागि करण केसीले सर्वाधिक ४५ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले १६, आसिफ सेखले ४२, कप्तान ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३, विनोद भण्डारीले ८, सोमपाल कामीले २ र कुशल मल्लले अविजित १९ रन बनाए ।