प्रदेश ७ सरकारले ल्यायो ‘हेल्लो सीएम’ : टोल फ्रि नम्बर १६६०-९१५२७२३ मा फोन गर्नुस्

प्रदेश ७ सरकारले ल्यायो ‘हेल्लो सीएम’ : टोल फ्रि नम्बर १६६०-९१५२७२३ मा फोन गर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– प्रदेश ७ को सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताको साथ राखेको ‘हेल्लो सीएम’ कार्यक्रमको सोमबारबाट औपचारिक रुपमा शुरु भएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नै कार्यलयमा हेल्लो सीएमको शुभारम्भ गरेका हुन्।

शुभारम्भ गरेको केही बेरमा नै हेल्लो सीएममा पहिलो फोन डोटीका करणजङ शाहीले गरे। मुख्यमन्त्रीसँग कुराकानी गर्दै उनले भने– कैलाली–कञ्चनपुर लगायतका ठूूला सहरमा हुने ट्राफिक जाम लगायतका समस्या समाधान गर्नपर्‍यो।

शाहीको फोन पश्चात मुख्यमन्त्री भट्टले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक दीपक पातलीलाई फोन गरेका थिए। कार्यक्रममार्फत् प्रदेश सरकार सम्वद्ध गुनासो व्यवस्थापन तथा सुशासन कायम गर्ने उद्देश्यले हेल्लो सीएम कार्यक्रम शुरु गरिएको हो।

‘हेल्लो सीएम’ कार्यक्रममा दुर्घटना, विपद सम्बन्धि घटना र उद्धार , प्रदेशस्थित सार्वजनिक निकायले वितरण गर्ने सेवा सुबिधामा भेदभाव गरिएको वा बञ्चित गरिएको, सार्वजनिक निकायवाट प्रदान गरिने सेवा सुबिधा प्राप्त गर्न अबरोध वा बाधा पुगेमा , सार्वजनिक निकायको गैर कानुनी क्रियकलाप वा त्यस्ता कार्यवाट कुनै ब्यक्तिलाई हानी नोक्सानी भएमा, देशको संबिधन र प्रचलित कानुनप्रदत हक अधिकारको उपयोगमा बाधा ,अबरोध वा बिभेद गरिएमा र भ्रष्टचारजन्य तथा महिला हिंसा वा अन्य लैगिक हिसां सम्बन्धि क्रियकलापहरु भएको पाईएमा सिधै गुनासो र सुझाव दिन पाईने छ।

यसका लागि पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०–९१५२७२३ मा फोन गरेर वा ०९१ ५२५५७२ मा फ्याक्स गरेर आफ्ना गुनासा र सुझावहरु टिपाउन सकिने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।