नेकपाका सांसदहरूलार्इ अाेलीकाे निर्देशन :  अध्ययन गर्ने बानी बसाउनुहोस, नजानेका कुरा सिक्नुहोस

नेकपाका सांसदहरूलार्इ अाेलीकाे निर्देशन :  अध्ययन गर्ने बानी बसाउनुहोस, नजानेका कुरा सिक्नुहोस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशिल र समाजवाद उन्मुख बजेट ल्याउने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको दुवै सदनको संयुक्त बैठकलाई मंगलबार  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण कुराहरुलाई बजेटमा सम्बोधन गरिने बताए।

परम्परागत ढंगले विकास निर्माणका काम अघि बढाउदा लक्ष्यमा पुग्न नसकिने बताउँदै अाेलीले यसका लागि विकासको नयाँ प्रविधि प्रयोग गर्नै पर्ने बताए।

ओलीले अहिले बहुमत प्राप्त कम्यूनिष्ट सरकार भएकोले यसलाई कुनै बहानामा पनि उम्किने छुट नभएको बताए।  “हामीसंग बहुमत प्राप्त सरकार छ ” प्रधानमन्त्री ओलीले भने, “त्यसकारण जनताका अपेक्षा पनि धेरै छन् । ति अपेक्षा पुरा गर्न सकिएन भने जनताले अर्को चुनावमा अप्रिय निर्णय गर्न सक्छन् ।” प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी ढंगले आएको बताए।

प्रधानमन्त्री ओलीले जनता आवास कार्यक्रममलाई नयाँ ढंगले सञ्चालन गरिने बताउनुभयो । हिमाली क्षेत्रमा छरिएका बस्तीलाई एकिकृत गर्ने र हिमाली क्षेत्रमा पनि जनता आवास कार्यक्रम सञ्चालन गरिने बताए।

प्रधानमन्त्री ओलीले साँसदहरुलाई कुनै कुरामा टिप्पणी गर्नु भएमा नेतृत्वलाई भन्न आग्रह गरे।  जथाभावी ढंगले असन्तुष्टी पोख्दा समस्याको समाधान नहुने भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता असन्तुष्टी पार्टी वा संसदीय दलको जिम्मेवार ठाउँमा राख्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले आफ्नो विज्ञता भएका बिषयमा सांसदमा कुरा राख्न सांसदहरुलाई निर्देशन दिए।   “अध्ययन गर्ने बानी बसाउनुहोस । नजानेका कुरा सिक्नुहोस। तर्क र क्षमता बढाउनुहोस” प्रधानमन्त्री ओलीले भने, “आवेशमा आएर नबोल्नुहोस । जनमतको कदर गर्ने बानी बसाउनुहोस ।”