नेकपाका अध्यक्षद्धयले केन्द्रीय सदस्यलाई किन बोलाए बालुवाटार ?

नेकपाका अध्यक्षद्धयले केन्द्रीय सदस्यलाई किन बोलाए बालुवाटार ?


काठमाडौं -नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका केन्द्रीय सदस्यहरुलाई बिहीबार संयुक्त सम्बोधन गर्ने भएका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धयले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन केन्द्रिय सदस्यहरुलाई सूचित गरिएको छ । केन्द्रीय कमिटीको औपचारीक बैठक भने पार्टी बिधान र नियमावली प्रकाशन भएपछि बस्ने नेकपाले जनाएको छ ।

 

नेकपाले ४४१ सदस्यीय केन्द्रिय समिति बनाउने निर्णय गरेको थियो । निर्वाचन आयोगमा नागरिकताको सक्कल प्रति पेश गर्नु पर्ने भएकाले सबै केन्द्रिय सदस्यको नागरिकता मागिएको एक नेताले जानकारी दिए ।