स्पष्ट बहुमतकाे सरकार रहेका बेला प्रधानमन्त्री ओलीले भने– ‍‍…अहिले विशेष समय

स्पष्ट बहुमतकाे सरकार रहेका बेला प्रधानमन्त्री ओलीले भने– ‍‍…अहिले विशेष समय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति, स्थिरता र विकासका लागि अहिले विशेष समय भएको बताएका छन्।

विश्व प्रजातान्त्रि युवा संघको जेनेरल काउन्सिल बैठकको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले साझा घोषणा पत्र लिएर चुनावमा गएका दुईवटा वामपन्थी दललाई जनताले करिब दुई तिहाइ मत दिएर शान्ति, स्थिरता र विकासको चाहना प्रकट गरेको बताए।

‘गठबन्धनबाट चुनावमा गएका पार्टी एकीकरण भएर नेपाल कम्युुनिस्ट पार्टी भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीसंग अहिले स्पष्ट बहुमतको सरकार । त्यसकारण यो विशेष समयलाई सदुपयोग गर्नसक्ने अवस्थामा हामी छौं पनि।’

आफूहरु प्रतिपक्षमा बसेर चुनावमा भाग लिँदा पनि बुहमत आएको प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले सरकारले यसै साता संसदमा पेश गरेको नीति तथा कार्यक्रम पनि शान्ति, स्थिरता र विकासलाई सघाउ पुग्ने किसिमको रहेको बताए। ‘सरकारले पेश गरेको नीति र कार्यक्रम स्थिरता र विकासलाई सघाउ पुग्ने किसिमका छन्,’ उनले भने, ‘सरकार सबैमा लोकतन्त्र र सामाजिक न्याय पु¥याउन क्रियाशिल रहनेछौं।’