राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि नयाँदिल्ली लगियाे, उपचार खर्च सरकारले व्यहाेर्ने

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि नयाँदिल्ली लगियाे, उपचार खर्च सरकारले व्यहाेर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–राष्ट्रकवि माधवप्रसाद घिमिरेलार्इ थप उपचारका लागि भारतकाे राजधानी नयाँदिल्ली लगिएकाे छ ।

धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका  घिमिरेकाे आन्तरिक रक्तश्राव नरोकिएपछि मेदान्त अस्पताल लगिएको हाे।

प्रधानमन्त्री केपी शर्मा अाेलीले गत साेमबार राष्ट्रकविकाे उपचार खर्च सरकारले व्यहाेर्ने भनेपिछ सरकारी खर्चमा उनलार्इ दिल्ली लगिएको हो।

उनकाे उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विवेक शर्मा, डा. अखिलेश कश्यप लगायतका डाक्टरहरुको टोली संलग्न थिए।