प्रचण्डले भने : सरकार ढल्दैन,ढुक्क हुनुहोस् ( पूरै भिडियो सहित )

प्रचण्डले भने : सरकार ढल्दैन,ढुक्क हुनुहोस् ( पूरै भिडियो सहित )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार ५ वर्षसम्म नढल्ने स्पष्ट पारेका छन् । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२ औं स्थापना दिवसको कार्यक्रममा उनले कम्युनिष्टहरुको सुविधाजनक एकलौटी बहुमत रहेको सरकार कसैले चाहेर पनि नढाल्ने बताएका हुन् ।

‘हामीले कम्युनिष्टहरुको निकै सुविधाजनक एकलौटी बहुमतको सरकार बनाएका छौं । यो सरकार कसैले हिलाएर हिल्दैन, ५ वर्षमा कम्तीमा लोकतान्त्रिक मूल्य र मान्यता अनुसार चल्छ’ उनले भनेका छन् । गएको ७० वर्षमा नेपालीले ५ वर्ष एउटै सरकारले काम गरेको देख्न र कामको मुल्यांकनको आधारमा फैसला गर्ने अवसर नपाएको भन्दै प्रचण्डले त्यस्तो अवस्थाको आफूहरुले अन्त्य गरेको बताए ।

‘पञ्चायतमा राजाले टीका लगाउने सरकार पनि ३ वर्षभन्दा टिकेन, अनि बहुदल पछि हुन्छ कि भनेको झन् खराब स्थिति आयो । अब गणतन्त्र आएपछि धेरै राम्रो होला भनेको छ ९–९ महिनामा फेरिने झन् विकराल अवस्था देखिएपछि’ उनले भने ‘यो अवस्था ल्याउने राजनीतिक त्याग तपस्या र बलिदान गर्ने हामी जनता र नेतृत्वका लागि ठूलो चिन्ताको अवस्था रह्यो ।’अब पनि यस्तै अवस्था रहेमा मुलुकको अर्थतन्त्र डामाडोल हुने र मुलुकको अस्मिता नै बचाउन नसक्ने स्थितिमा पुग्ने भएकाले एकतामा गएको प्रचण्डले बताए ।

‘यस्तै फेरि पनि अर्को ७० वर्ष रहने हो भने अर्थतन्त्र डामाडोल हुन्छ, अर्थतन्त्र जति डामाडोल हुंदै जान्छ यो राष्ट्रको अस्मिता त्यति नै खतरामा पर्दै जान्छ र कुनै दिन यस्तो पनि आउन सक्छ नेपालको राष्ट्रिय अस्मिता बचाउनै नसक्ने ठाउंमा पुग्ने खतरा छ । यही कुरालाई हेरेर हाम्रा उतार चढाव घु्म्ती मोडहरु र हाम्रा सबै संघर्षहरुको समीक्षा गरेर एकतामा आयौं’ प्रचण्डले भने ।