सरकारको नीति तथा कार्यक्रमले समृद्धिको बाटो देखायो : सांसद सिलवाल (भिडियोसहित)

सरकारको नीति तथा कार्यक्रमले समृद्धिको बाटो देखायो : सांसद सिलवाल (भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युुनिस्ट पार्टीका सांसद नवराज सिलवलाले सरकारको तर्फबाट राष्ट्रपतिद्वारा संसदमा प्रस्तुत नीति तथा कार्यक्रमले समृद्ध नेपालको चित्र झल्किएको बताएका छन्।

संघीय संसदमा बिहीबारदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद सिलवालल अब स्थायी सरकार आएकाले समृद्धिको यात्रा सम्भव रहेको उल्लेख गरे।

‘नीति तथा कार्यक्रम हेर्दा सपनाहरु तैरिएर मानसपटलमा आएको जस्तो भान हुन्छ। यसले सपना देखाएको छ, बाटो देखाएको छ,’ सिलवालले भने, ‘मुलुक अब सृमृद्धिको बाटोमा अघि बढ्छ।’

नेपाल जलस्रोत र प्रकृतिको धनी रहेको र भिन्नै विशेषता रहेको उल्लेख गर्दै सिलवालले भने, ‘नीति तथा कार्यक्रम मुलुकलाई अघि बढाउन मार्गचित्रको रुपमा प्रस्तुत भएको छ।’

सुखी नेपालीको अनुहार हेर्ने सरकारको सपना साकार हुने उल्लेख गर्दै सिलवालले  गन्तव्य र गति महत्वपूूर्ण रहने बताए। ‘सरकारले जाने बाटो देखाएको छ। अब गति अथवा कार्यान्वयनको पाटो महत्वपूर्ण छ,’ उनले भने, ‘चुनौती छ। तर, समृद्धिको यात्रामा हिँड्नै पर्छ।’

भिडियाे हेर्न यहाँ क्लिक गर्नुस्