काठमाडौं– चीनले काठमाडौं र ललितपुरमा अवस्थित चक्रपथमा मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययनको जिम्मा पाएको छ । काठमाडौं र ललितपुर महानगरले चीनको चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशनलाई अध्ययनको लागी शुक्रवार जिम्मा दिएको हो ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा शुक्रबार आयोजित कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र चाइना रेल वे २५ औं व्युरो गु्रप कम्पनीका महाप्रवन्धक लि होङ्गकीले अध्ययनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् । चीनको कम्पनीले गत वैशाख २० गते इच्छापत्र बुझाएको थियो । महानगरले प्रकाशन गरेको आशयपत्रका आधारमा उक्त कम्पनीले मोनोरेल सम्भाव्यता अध्ययनको लागी चासो देखाएको थियो ।
महानगरसंग भएको सम्झौताअनुसार ६ महिनाभित्र सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन बुझाइसक्नुपर्ने छ । कम्पनीले कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गरेपछि महानगरलाई रिपोर्ट बुझाउनेछ ।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मोनोेरेल सञ्चालन गरेरै छोड्ने दाबी गरे । उनले आफुले गरेको प्रतिवद्धताअनुसार नै मोनोरेलको काम अघि बढेको बताए ।
प्रतिक्रिया