प्रधानमन्त्री ओलीले आइतबार संसदमा जवाफ दिने

प्रधानमन्त्री ओलीले आइतबार संसदमा जवाफ दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको प्रम ओलीले आइतबार जवाफ दिने कार्यक्रम रहेको छ।

आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः०० बजे शुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताए।

गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
ओलीले दुवै सदनमा भएका छलफलमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लागेका हुन्।