नेकपाका वरिष्ठ नेता नेपाल युगाण्डाबाट स्वदेश फिर्ता

नेकपाका वरिष्ठ नेता नेपाल युगाण्डाबाट स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल युगाण्डाबाट स्वदेश फिर्ता भएका छन्।

युगाण्डामा आयोजित ‘ग्लोबल एक्सन अगेन्स्ट मास अट्रोसिटी क्राइम्स’ ९गामक० संस्थाको तेस्रो बैठकमा सहभागी भई उनी शनिबार स्वदेश फर्किएका हुन्।

बैठकमा नेता नेपालले नेपालको वर्तमान राजनीतिक स्थिति, शान्ति प्रक्रिया र त्यसको चुनौतीका बारेमा सम्बोधन गरेका थिए।

पूर्वप्रधानमन्त्री नेपालले नेपाल विकास र समृद्धिमा अघि बढ्नका लागि सबैको सहकार्य भए मात्रै सम्भव हुने सम्मेलनमा बताएको उनका स्वीकयसचिव मोहन गौतमले जानकारी दिए।

कार्यक्रममा युगाण्डाका प्रधानमन्त्री, रुहाकाना रगन्डर, युएनका प्रतिनिधि, मानवअधिकारका क्षेत्रमा काम गरेका व्यक्ति, एशिया, युरोप, ल्याटिन अमेरिकालगायत ८० भन्दा बढी देशका प्रतिनिधिको सहभागिता थियो । बैठकमा सहभागीले मानवअधिकार र द्वन्द्वको बारेमा धारणा राखेका थिए ।

गामक नागरिक समाज, संस्था र संयुक्त राष्ट्र संघको समर्थनका लागि सन् २०१३ मा स्थापना गरिएको समावेशी नेटवर्क संस्था हो । यसले सबै सदस्य राष्ट्रहरुबीच सहकार्य गर्दै दमनको रोकथाम, नरसंहार र युद्ध अपराधविरुद्धको सक्रियता क्षेत्रमा काम गरिरहेको छ ।

प्रत्येक दुई÷दुई वर्षमा हुने यसको पहिलो बैठक सन् २०१४ मा कोस्टारिकामा र दोस्रो बैठक सन् २०१६ मा फिलिपिन्समा भएको थियो । नेता नेपाल बैठकमा सहभागी हुन यही जेठ ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए।