सरकारको नीति तथा कार्यक्रमले पुरा हुन सक्ने विकासका आकांक्षा राखेको छ : प्रम ओली

सरकारको नीति तथा कार्यक्रमले पुरा हुन सक्ने विकासका आकांक्षा राखेको छ : प्रम ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताएका छ्न्।

सरकारले पुरा गर्नसक्ने गरीका आकांक्षा राखिएकोले यो नीति कार्यक्रमलाई महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताएका हुन्।

गत जेठ ७ गते संसदमा प्रष्तुत सरकारको नीति तथा कार्यक्रममा संसदहरुले उठाएका प्रश्नको आज जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताए।

 “यस बर्षको नीति कार्यक्रम कर्मकाण्डी मात्र होइन” प्रधानमन्त्री ओलीले भने “यसले रुपान्तरण र तिव्र विकासको लक्ष्य राखेको छ ।” प्रधानमन्त्री ओलीले नीति कार्यक्रममा समृद्ध नेपाल र सुखी नेपालीको चाहना समेटिएको बताए।

सरकारले सुशासन,स्वच्छता र भ्रष्टाचार नियन्त्रणमा जोड दिएको प्रधानमन्त्री ओलीको भनाइ छ। पाँच वर्ष भित्र रक्सौल काठमाडौं रेल सेवा र ३ बर्षमा काठमाडौंमा मनोरेल सेवा सञ्चालन गर्ने प्रधानमन्त्रीको भनाइ छ।

“ठुला विकासका कुरा बुझ्न केही समय लाग्छ त्यसकारण केही साथीहरुले बिरोध गर्नुभएको होला। कसैले दिवास्वपना पनि भन्नुभएको छ ” प्रधानमन्त्री ओलीले भने,  “रेल,पानी जहाजका सपना मैले निदाएर हैन दिउसै देखेको हुँ ।”

प्रधानमन्त्री ओलीले देशका विभिन्न भागमा रहेका एयरपोर्टहरुलाई पुनमरमत गरेर सञ्चालनमा ल्याइएको बताए। सप्तरीको राजबिराज र अछामको साँफेबगर विमानस्थल जस्तै अन्य विमानस्थललाई पनि चाँडै सञ्चालनमा ल्याइने प्रधानमन्त्री ओलीको भनाइ छ ।

संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संविधान आवश्यकता अनुसार संसोधन गरिने बताए।  प्रधानमन्त्री ओलीले आफूले सामाजिक सद्धभावमा आधारित राष्ट्रिय एकताको पक्षमा रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सबैलाई एकताबद्ध भएर समृद्धिको बाटोमा अघि बढ्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल दिनको २१ घण्टा सञ्चालन हुन थालेकोले अब आकासमा हुने टा«फिक जाम अन्त्य हुने बताए।