आफ्नै सहकर्मीले आईजिपीबाट हटाउन खोजेको भन्दै प्रकाश अर्यालले यसरी पोखे आक्रोस

आफ्नै सहकर्मीले आईजिपीबाट हटाउन खोजेको भन्दै प्रकाश अर्यालले यसरी पोखे आक्रोस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी मुख्यालयमा सोमबार निर्वाचन सुरक्षासहित विविध विषयमा ब्रिफिङका लागि महानिरीक्षक सचिवालयले प्रहरी अधिकारीहरुलाई बोलाएको थियो । ब्रिफिङमा पुगेका प्रहरी अधिकारीहरु त्यतिबेला झसंग भए, जब उनीहरुले आईजीपी प्रकाश अर्यालको रौद्र रुप देखे ।

 

 

सामान्यतया कम बोल्ने र हँसिलो स्वभावका अर्यालको त्यस्तो रुप देखेपछि अन्य प्रहरी अधिकारी पनि आश्चर्यमा परे ।

 

 

 

समयमै पुगेका प्रहरी अधिकारीलाई आईजीपी अर्यालले सर्वप्रथम त सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न निर्देशन दिए । उनले आवश्यक साथ र सहयोगका लागि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले पूर्ण सहयोग गर्ने बताए ।

 

 

तर, त्यसपछि भने कुरा अन्तै मोडियो । बिफ्रिङमा सहभागी एक प्रहरी अधिकारीले भने, ‘चिफ सापले बिफ्रिङ सिध्याए भन्ठानेका थियौं । तर, बोल्दा बोल्दै एकाएक उहँ जंगिनुभयो ।’

 

उनले आईजीपी अर्यालको भनाइ उद्धृत गर्दै भने, ‘आफूले काम के ग¥यो भन्दा बताउन नसक्ने, सरुवा र बढुवामा आफूलाई अब्बल भन्दै हिड्ने ? काम छैन, प्रहरीमा गुटबन्दी ग¥यो, नचाहिने अफवाह फैलायो अनि आईजीपी परिवर्तन गर्ने भन्दै हिड्नेको रेकर्ड छ, कानुनअनुसार कारबाही थालौं ।’

 

पछिल्लो समय सरकारले आईजीपी फेर्ने कसरत गरेको सम्बन्धमा मिडियामा पनि समाचार प्रकाशित भएपछि आईजीपी अर्यालले आफ्नै सहकर्मीहरुसंग असन्तुष्टि प्रकट गरेका हुन् ।

 

 

उनले आफ्नै प्रहरी निकायका व्यक्तिले नै अफवाह फैलाउने काम गरेको र कोहीकसैले अब आफू आईजीपी बन्ने भन्दै हिँडेको बारे आफूसँग रेकर्ड रहेको जनाएका हुन् ।

 

 

केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने तयारी थालेको सम्बन्धमा सञ्चारमाध्यमममा समाचार प्रकाशित भएको थियो ।

 

 

 

सोही क्रममा बालकृष्ण ढुंगेललाई पक्राउ नगरेको र व्यवसायी शरदकुमार गौचनको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै आईजीपी अर्यालविरुद्ध सर्वोच्चमा रिट निवेदन पनि दायर भएको थियो ।

 

 

 

अर्याललाई बर्खास्त गर्न रिट निवेदनमा माग गरिएको थियो । तर, प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फरार भनिएका बालकृष्ण ढुंगेललाई पक्राउ गरेपछि यो विषय सेलाएको हो ।