डोटीमा जीप दुर्घटनाः चालकसहित चार जनाको मृत्यु, ११ घाइते

डोटीमा जीप दुर्घटनाः चालकसहित चार जनाको मृत्यु, ११ घाइते


दिपायल– डोटीको बोगटान गाउँपालिकामा गगुडामा जीप दुर्घटना भएको छ।

दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन्।

चालक रामबहादुर विक, गाडी साहु भगत द्वारीका र ईन्नरी रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतक महिलाको भने पहिचान खुल्न सकेको छैन।

बोगटान गाउँपालिका वडा नम्वर ६ पलाडी भन्ने स्थानमा से १ ज ८७७ नम्बरको जीप दुर्घटना भएको हो ।

दिपायलबाट बोगटान गईरहेको शैलेश्वरी यातायातको जीप पलाडीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घटनास्थलमा उद्धाररका लागि सुरक्षाकर्मीको टोली गएको भएपनी पुग्न सकेको छैन।