बालकृष्ण ढुंगेलको सजाय मिनाहासम्बन्धी सक्कल फाइल झिकाउन सर्वाेच्चको आदेश

बालकृष्ण ढुंगेलको सजाय मिनाहासम्बन्धी सक्कल फाइल झिकाउन सर्वाेच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सजाय मिनाहासम्बन्धी सरकारले गरेको भनिएको निर्णयको सक्कल कागजात पेश गर्न आदेश जारी गरेको छ।

न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सजाय मिनाहासम्बन्धी सक्कल कागजात पेश गर्न आदेश जारी गरेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा माफी दिने ‘सरकारी निर्णय’ रोक्न माग गर्दै सर्वोच्च अदालतमा गत बिहीबार रिट दायर गरेका थिए।

तर, सोमबार बहस नसकिएकाले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि मंगलबार लागि पेशी तोकिएको छ।

यसअघि न्यायाधीश दीपककुमार कार्कीको गत शुक्रबारको एकल इजलासले ढुंगेललाई माफी दिनाको कारणसहित २४ घण्टाभित्र दुवै पक्षलाई छलफलका लागि सोमबार बोलाएको थियो।

सरकारले ढुंगेलसहित ८ सय ५० कैदीलाई कैदी माफी दिई गणतन्त्र दिवसको अवसरमा छाड्ने तयारी गरेको थियो। त्यसका लागि कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयमा सूची समेत पठाइसकेको छ।