मन्त्री मातृका यादवको एक्सन: ठगी गर्ने दुई पेट्रोलिम पम्पमा शिलबन्दी

मन्त्री मातृका यादवको एक्सन: ठगी गर्ने दुई पेट्रोलिम पम्पमा शिलबन्दी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले कम परिमाणमा पेट्रोलियम पदार्थ बिक्री गरेर उपभोक्ता ठगी गर्ने राजधानीका दुई पेट्रोल पम्पमा शिलबन्दी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको निर्देशनपछि पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा शिलबन्दी गरिएको हो।

ललितपुरको एकान्तकुनास्थित प्रशान्ती आयल स्टोर र सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा शिल गरिएको मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट जानकारी दिए।

प्रशान्तीले पेट्रोल पम्पले प्रति दश लिटरमा ३० एमएल र महालक्ष्मीले प्रति दश लिटरमा ४० एमएल पेट्रोल कम दिँदै आएको अनुगमनका क्रममा भेटिएको उनले बताए।

अन्य तीन पेट्रोल पम्पमा सामान्य कमजोरी देखिएकाले ती पम्प सञ्चालकलाई सचेत गराएर आवश्यक प्राविधिक एवं व्यवस्थापकीय सुधार गर्ने निर्देशन दिइएको विष्टले बताए।

मन्त्रालयले उपभोक्ताको हितमा अनुगमनलाई निरन्तरता दिने र आगामी दिनमा यस कार्यक्रमलाई अन्य क्षेत्रमा विस्तार गरिने जनाएको छ।