नवलपरासी– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोलाई दुरुपयोग गरी अश्लील स्टाटस अपलोड गर्ने एक जना पक्राउ परेका छन्।
अश्लील स्टाटस पोस्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले नवलपरासी कावसोती नगरपालिका –१, का सुरज भुसाललाई कावासोतीबाट प्रकाउ गरेको हो ।
राष्ट्रपति र प्रधामन्त्रीको फोटोलाई बिगारेर अश्लील स्टाटस अपलोड गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। साइबर अपराध सम्बन्धमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया