माओवादी नेता लेखराज भट्टको खुलासा ‘मतदाताले देउबा, रावल र मलाई चुनाव जिताउछन’

माओवादी नेता लेखराज भट्टको खुलासा ‘मतदाताले देउबा, रावल र मलाई चुनाव जिताउछन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली- आगामी मंसिरमा हुने प्रतिनिधि सभामा बाम गठबन्धनका उम्मेदवार लेख राज भट्टले कैलाली क्षेत्र नम्बर चारमा आफुले सजिलै जित्ने दाबी गर्नु भएको छ । चुनाबी प्रचार प्रसारको कार्यक्रमको बारेमा जानकारी दिन आज आफ्नै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टले सो दाबी गर्नु भएको हो ।

 

 

 

 

उहाले आफु यस क्षेत्रको बिकासको लागी सदैब लागि परेको कारण मतदाताले यो पटक बामगठबन्धनलाई जिताउने दाबी गर्नुभयो । पूर्व मन्त्री समेत रहेका नेता भट्टले स्थानिय मतदाताको मनोबिज्ञान लेख राज भट्ट ,भिम रावल र शेर बहादुर देउबालाई हराउन हुन्न भन्ने खालको रहेको जानकारी दिनुभयो ।

 

 

 

 

यस क्षेत्रको बिकासको लागी तिनै जना नेतालाई जिताउनुपर्ने आम मतदाताको धारणा रहेको उम्मेदवार भट्टको भनाइ रहेको छ । माओबादी केन्द्रका सात नम्बर प्रदेशका इन्चार्ज समेत रहेका भट्टले आफु मन्त्री भएको बेला यस क्षेत्रको बिकासको लागी लडेको स्मरण गर्दै आफुले गरेको बिकासको बारेमा जनतालाई बुझाउन नसिकएको कमजोरी स्विकार गर्नुभयो ।

 

 

 

 

उहाले काङ्रेसका उम्मेदवार सुनिल भण्डारीको कार्यक्षेत्र नै चार नम्बरमा नभएकोले काङ्रेसले जित्ने कुरो असम्भब रहेको धारणा राख्नु भयो । नेता भट्टले आज देखी चुनाबी प्रचार प्रसार क्षेत्र नम्बर चारका पहाडी भेगमा शुरु गर्नु भएको छ । नेता भट्टले बुढेतोला ,सहजपुर , मत्से ,फल्टुडे ,निगाली लगायतका ठाउहरुमा स्थानियहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।