काठमाण्डु – शेयर कारोवार गर्ने हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से झन्डै ३३ अङ्कले बढेको छ ।
नेप्से ३२ दशमलव १ अङ्कले बढेर २८ सय २० विन्दुमा पुगेको छ । यो बिन्दु हालसम्मकै उच्च हो । आज होटल निर्जीवन बीमा र माइक्रोफाइनान्स बाहेक अरू समूहको शेयर बढेको छ । दुई सय २० कम्पनीका दुई करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएका छन् ।
सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज १६ कम्पनीको शेयर सर्किट विन्दु अर्थात् झण्डै १० प्रतिशतले बढेको छ ।
समग्र बजार बढे पनि रुरु जलविद्युत् र समता घरेलु लघुवित्त कम्पनीको शेयर झण्डै चार प्रतिशतले घटेको छ ।
आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा कर्णाली विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, युनाईटेड इदी मर्दी हाइड्रोपावर महालक्ष्मि विकास बैंक, सांग्रिला विकास बैंक, बेष्ट फाइनान्स कम्पनी, गुडविल फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, कालिका पावर, नारायणी डेभलपमेण्ड बैंक, बरुण हाइड्रोपावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी रहेका छन् ।
प्रतिक्रिया