पार्टी एकताको सबै तयारी पुरा भइसक्यो,एकता चुनावपछी : माओवादी नेता श्रेष्ठ

पार्टी एकताको सबै तयारी पुरा भइसक्यो,एकता चुनावपछी : माओवादी नेता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पालुङटार– नेकपा माओवादी केन्दका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर (२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले चुनाव पछि नेकपा एमालेसंग पार्टी एकता हुने बताउनुभएको छ ।

 

 

गोरखा जिल्ला क्षेत्र नम्बर (२ अन्तर्गतको पालुङटार (१० मिर्कोट बाघडाडाको चुनावी सभालाई सोमबार सम्बोधन गर्दै श्रेष्ठले चुनाव नजिक आएको कारण तत्काल पार्टी एकता हुन नसक्ने प्रष्ट पार्नुभयो ।

 

 

पार्टी एकताको लागि सबै तयारी पूरा भइसकेको छ श्रेष्ठले भन्नुभयो ‘एमाले र माओवादी मात्रै होइन अब सबै कम्युनिष्टहरु पार्टी एक हुनेछन ।’

 

 

मंसिर ९ गते पार्टी एकता हुने चर्चा भइरहेको बेला श्रेष्ठले चुनाव लगत्तै पार्टी एकता हुने अभिव्यक्ति दिनुभएको हो ।

 

 

पार्टी एकताको लागि केही प्राविधिक कुरा मात्रै बाकी रहेको बताउदै श्रेष्ठले सबै कुरा मिलिसकेको बताउनुभयो । बाम गठबन्धनको साझा उम्मेदवार श्रेष्ठले देशमा स्थायी सरकार, विकास र समृद्धिका लागि सम्पूर्ण कम्युनिष्टहरु एक भएको बताउनुभयो ।

 

 

कार्यक्रममा श्रेष्ठले संविधानलाई कार्यान्वयन गर्दै विकसित र सम्बृद्द नेपाल बनाउने अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  चुनावी सभामा गोरखा जिल्ला क्षेत्र नम्बर २ को १ का प्रदेश सभाका उम्मेदवार कमला नहर्कीले गोरखा जिल्लाको इतिहास कायम राख्न बाम गठबन्धनलाई बिजयी गराउन अपिल गर्नुभयो ।

 

काग्रेस परित्याग गरि दुई जना माओवादी केन्द्र प्रवेश

पालुङटार (१० मिर्कोट बाघडाडाका दुई जना काग्रेस स्थानीय नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन । बाघडाडाका काग्रेस नेताहरु जस बहादुर तामाङ र राम बहादुर भारती सोमबार नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन ।

 

पार्टी प्रवेश गर्नेहरूलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर (२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले अबिरमाला लगाएर स्वागत गर्नुभएको थियो ।