सभामुखले बोलाएको बैठकमा सुवास नेम्वाङ नजाने

सभामुखले बोलाएको बैठकमा सुवास नेम्वाङ नजाने


काठमाण्डु – पूर्वसभामुख सुवास चन्द्र नेम्वाङले सभामुख अग्नी प्रसाद सापकोटाले बोलाएको बैठकमा जान अस्वीकार गरेका छन् । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनका विषयमा छलफल गर्न पूर्वसभामुखहरुलाई बोलाएका छन् ।

सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आफू सहभागी नहुने बताएका हुन् । नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले सभामुखलाई छुट्टै भेट्ने भन्दै सामूहिक छलफलमा सहभागी नहुने बताएका हुन् ।

‘उहाँसँग छुट्टै भेट्ने कुरा भएको छ’, नेता नेम्वाङले भने ।

उनले पूर्वसभामुखहरु दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई छलफलमा बोलाएका छन् ।