शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण पाइने

शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण पाइने


काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५\०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । सरकारले शैक्षिक प्रमाणपत्र धितो आधारमा कर्जा दिने भएको छ। बजेटमार्फत सरकारले यस्तो कार्यक्रम ल्याएको हो।

जसअनुसार शैक्षिक प्रमाणपत्र राखेर अब ७ लाख रुपैयाँसम्म कर्जा पाइने छ। ५ प्रतिशत ब्याजमा सो कर्जा प्रवाह गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी गराएका छन्।