बजेट भाषणको दिन शेयर बजार : नौ अंकले घट्यो

बजेट भाषणको दिन शेयर बजार : नौ अंकले घट्यो


काठमाडौँ –  सरकारले आर्थिक वर्ष २०७५-७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ बिन्दुले घटेको छ ।
आज कूल १६७ कम्पनीको आठ लाख ४० हजार १७५ कित्ता शेयर ४१ करोड ७४ लाख ३६ हजार ९६८ मूल्यमा कारोबार भएको छ ।
आज बीमा उपसमूहको शेयर भने उकालो लागेको छ ।

सो समूहको शेयर ५.६९ बिन्दुले उकालो लाग्दा बैंकिङ १०.५, होटल ३३.१८, विकास बैंक १४.२१, जलविद्युत् १३.३३, फाइनान्स २.९८, उत्पादन २०.६, अन्य १.४६ र माइक्रोफाइनान्स १५.४८ बिन्दुले घटेको छ ।