आफैंलाई गोली हान्न लगाउने धर्मगुरु श्रीनिवास कारागार चलान

आफैंलाई गोली हान्न लगाउने धर्मगुरु श्रीनिवास कारागार चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर– मोरङ प्रशासनले धर्मगुरु श्रीनिवास आचार्यलाई पुर्पक्षका लागि जेल चलान गरेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यकाे बुधबारकाे  इजलासमा भएको बहसपछि हातहतियार तथा खरखजना मुद्दामा आचार्यलाई पुर्पक्षका लागि जेल चलान  गरिएकाे हाे।

हिन्दु राष्ट्रको आन्दोलन चर्काउन उनले आफैंमाथि गोली हान्न लगाएका थिए।  श्रीनिवासमाथि गत चैत २५ गते विराटनगरको जतुवामा गोली प्रहार भएको थियो।

धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैले आफैलाई गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई प्रहरीले वैशाख २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रहरीले धर्मगुरुलाई वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा दर्ता गरेको थियो।