काठमाडौंका डान्स-रेष्टुरेण्टमा प्रहरीको छापा, ३९ किशोरी र बालिकाको उद्धार

काठमाडौंका डान्स-रेष्टुरेण्टमा प्रहरीको छापा, ३९ किशोरी र बालिकाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले राजधानी काठमाडौंका विभिन्न होटल तथा डान्स रेष्टुरेण्टमा छापा मारेर नाबालिक किशोरीहरुको उद्धार गरेको छ।

ठमेल, गोंगवु तथा बानेश्वर क्षेत्रमा संचालित होटल र डान्स रेस्टुरेन्टमा छापा हानेर जबर्जस्ती काममा लगाएका ३९ जना नाबालिकाहरुलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले ठमेलको वेवो डान्स रेष्टुरेण्ट, गोंगवुको रिभर साईड डान्स रेष्टुरेण्ट, रक डान्सबार, डेविटफल डान्स रेष्टुरेण्ट, स्टेज डान्स बार, नयाँ बानेश्वरको टाईगर टप रेष्टुरेण्ट एण्ड बार र न्यु टाउन रेष्टुरेण्ट एण्ड बारमा छापा मारेको थियो।

होटल तथा डान्स रेष्टुरेण्टहरुमा कम उमेरका नाबालिक किशोरीहरुलाई जर्बजस्ती काममा लगाउने, पारिश्रमिक नदिने तथा कुटपिट गर्ने गरेको सूचनाका आधारमा छापा मारेर डान्सबार संचालनकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

माइती नेपाल र सिबिनसँगको समन्वयमा छापा मार्दा उद्धार गरिएका ३९ नाबालिकामध्ये ७ जनालाई सिवीन र ३२ जनालाई माइती नेपालको आश्रयमा पठाइएको काठमाडौं प्रहरीले जनाएको छ।