मन्त्री पुन र बस्नेतबीच विकास निर्माण र समृद्धिबारे छलफल

मन्त्री पुन र बस्नेतबीच विकास निर्माण र समृद्धिबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतबीच विकास निर्माण तथा समृद्धिका लागि समन्वय र सहकार्यबारे छलफल भएको छ।

मन्त्री पुन र बस्नेतसहित दुवै मन्त्रालयको उच्चस्तरीय टोलीबीच शुक्रबार भएको छलफलमा अन्तरमन्त्रालय समन्वयको चर्चा भएको छ।

छलफलमा मन्त्री पुनले वातावरणीय प्रभाव अध्ययन मूल्यांकन आयोजनास्थल तथा प्रसारण लाइन निर्माण क्षेत्रमा रूख कटान प्रक्रिया सहज बनाइदिन आग्रह गरे।

अवसरमा वनमन्त्री बस्नेतले आफ्नो मन्त्रालय विकास विरोधी हुन नसक्ने बताएको वनमन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए।
मन्त्री बस्नेतले सडक, बिजुली र सिंचाइसहित विकासका पूर्वधार निर्माण वर्तमान सरकारको प्राथमिक कार्यसूची भएको र त्यसमा वन मन्त्रालयले सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए।

अबको १० वर्षभित्र बाटो, बिजुली र उद्योगको आधार बनाउनुपर्ने भन्दै मन्त्री पुनले बनाउँदा पुराना केही भत्किन सक्ने धारणा व्यक्त गरे।

छलफलमा ऊर्जा मन्त्रालयका तर्फबाट मन्त्री पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विभिन्न जलविद्युत् आयोजनाका प्रमुख र वन मन्त्रालयका तर्फबाट मन्त्री बस्नेत, सचिव डा विश्वनाथ ओली, सहसचिवद्वय चन्द्रमान डंगोल र डा महेश्वर ढकाललगायत सहभागी थिए।