रमेश लेखकले भोट पैसाले किन्ने कोशिस गरेपनि चुनाव मैले नै जित्छु : एमाले नेता दिपकप्रकाश भट्ट

रमेश लेखकले भोट पैसाले किन्ने कोशिस गरेपनि चुनाव मैले नै जित्छु : एमाले नेता दिपकप्रकाश भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डा.दिपक प्रकाश भट्ट अखिलका पुराना विद्यार्थी नेता हुन् । नेकपा एमालेको विदेश विभाग सदस्य समेत रहेका भट्ट नेताभन्दा बढी सुरक्षाविद र अन्र्तराष्ट्रिय मामलाका जानकार भनेर चिनिन्छन् । उनि एमालेमा केन्द्रिय सदस्यको लागी चुनाव उठेका थिए तर,थोरै मतले चुनावमा पराजित भए । भट्टले नेपालको शान्ति प्रक्रियालाई निष्कर्शमा पुर्याउन पनि ठुलो योगदान पुर्याएका छन् ।

 

 

 

उनले सेना समायोजन बिशेष समितीअन्र्तगतको प्राविधिक समितिमा एमालेको तर्फबाट सदस्यका रुपमा समेत काम गरेका थिए । हाल कंचनपुरको क्षेत्र नम्बर ३ मा एमालेको तर्फबाट उम्मेदवार रहेका भट्टको चुनावी भिडन्त कांग्रेस नेता रमेश लेखकसंग हुदैछ । चुनावकै विचमा एमाले नेता भट्टसंग गरिएको कुराकानी :

 

बाम गठबन्धनको चुनावी तयारी अवस्था कस्तो छ ?
-बाम गठबन्धनको तयारी कञ्चनपुरमा प्रयाप्त भएको छ । पहिलो चरणमा हामीले खास गरी पार्टी सात सदस्यिय एकता संयोजन समिति बनाएका छौ । चार एमालेका तीन माओबादी केन्द्रका र त्यसमा संयोजक एमाले अध्यष्क्ष तारालामा तामाङ्ग र सह संयोजकमा माओवादीका बिर बहादुर थापा पाताल हुनुहन्छ ।

 

 

 

 

त्यो संगसंगै तीनै क्षेत्रमा यो एकता समितिको मर्म र स्प्रीट अनुरुप संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेका छौ । मुल भेला गर्ने गरी जिल्ला र क्षेत्रिय कमिटी निर्माण गरेका छौ ।

 

 

 

त्यसै समिति अन्र्तगत १७ गते २ नम्बर क्षेत्रमा, १९ गते १ नम्बर क्षेत्रमा र २० गते ३ नम्बर क्षेत्रमा ग¥यो । त्यसै गरी प्रदेश सभा अन्र्तग ६ सिटका लागि पनि त्यसै अनुरुप निर्वाचन परिचालन कमिटी गठन गरेर अगाडी बढेका छौ । क्षेत्र नम्बर ३ मा ३० वडा छन् । ती सबैमा संयुक्त वाड भेला , कार्यालय सञ्चालन कार्य सम्पन भएको छ ।  

 

 

जस्तो स्प्रीटमा प्रचार प्रसार हुन पर्ने हो त्यो अली देखिएको छैन, के गठबन्धन भएको छ भनेर ढुक्क भएर हो की ?

-त्यसो हैन पपुलर भोट त्यसो हुदैन । चुनाव भनेको जहिले पनि स्वीइङ्ग भोट रहिरन्छ ,सोसायटीमा कुनै एउटा एजेन्डाले पनि प्रभावित पार्छ । वडामास्थानिय निर्वाचनमा चुनाव लडदा चाही स्विईङ्ग भोटले प्रभाव पारेपनि वडामा ५ जना उम्मेदवार थिए । त्यसले त्यो टिम वर्कले आफ्नो तवरले भोट तान्ने काम गरेको थियो । त्यो अवस्था अहिले छैन । अहिले माथी १ (प्रतिनिधी सभा) जना तल २ जना (प्रदेश सभा) उम्मेदवार छन् ।

 

 

 

तीन जना उम्मेदवारले मात्रै प्रचार गर्ने भन्दा पनि पार्टी संरचना अनुरुप प्रचारमा एक ढिक्का भएर जानुपर्छ भन्ने मान्यता अनुरुप एकदमै सचेत भएर परिचालन गरिरहेका छौ । त्यस कारण अलिकति नेपाली कांग्रेसको अर्को ढंगको परिचालन केही देखिएको हो की भन्ने जुन आइरहेको छ । त्यो भन्दा हामी ब्यवस्थित ढंगले गईरहेका छौ । अब हामी घर दैलो र टोल सभाको का कार्यक्रम शुरुवात गदैृ छौ ।

 

क्षेत्र नम्बर ३ मा तपाईको अनुहार नयाँ हो । जनतामाझ कसरी जादै हुनुहुनछ ?
-मेरो अनुहार नयाँ हो भन्ने बिषय हो भन्ने मलाई लाग्दैन । पहिलो चोटी चुनाव लडदा जो सुकैको पनि अनुहार नयाँ हुन्छ । म भीमदत्त नगरपालिका–५ को बासिन्दा हु । म यही जम्निएको हुर्किएको र पछिल्लो समयमा पार्टीको मेची महाकाली अभियानm तीन महिने लगायत सबै अभियानमा जिल्लामा रहेर कार्य गरेको छु । 

 

 

 

 

पार्टीको उच्च स्तरमा पार्टीले दिएको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्दै आएको छु । स्थानिय तहको निर्वाचनमा पनि सबै क्षेत्रमा पुगेर आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा खटिएकै हु । अब जनता माझ जाने कुरामा पहिलो कुरा पार्टी संगठन, दोश्रो कुरा बाम गठबन्धनले उठाएका एजेन्डा र तेश्रो कुरा त्यो सित जोडिएको विषय बस्तुहरु छन् । यो क्षेत्रको विकास र विकास हुन नसेकेका मुल मर्महरु कहा जोडिएको छ त्यो त्यो जनता माझ लैजाने हो ।

 

 

 

 

नेपालको सात दशक लामो राजनिती जुन उथलपुथल छ । थुपै्र पटक नेपाली कांग्रेसलाई जनताले नेतृत्व गर्ने मौका दिएको थियो तर त्यो भरपर्दो र विश्वास योग्य भएन । का्रग्रेस राष्ट्रको पक्षमा वा राष्ट्रियताको पक्षमा भन्दा पनि बिदेशी प्रभुहरुको चलखेलमै आफ्नो समय बितायो । यो कुरालाई पनि जनतालाई बुझाउन जरुरी छ । यि बाहेक हामीले तयार पारेका विकासका एजेन्डाहरुपनि जनता सामु लिएर जान्छौ ।

क्षेत्रनम्बर ३ का लागि तपाईको आफ्नो प्रमुख एजेन्डा के हुन जुन कुरा तपाईले गर्न खोज्नु भएको छ ?

 

-यो क्षेत्रमो लामो समयसम्म कांगे्रसले नेतृत्व गरेको छ । यो लामो समयमा पनि कांग्रेसले गर्नु पर्ने विकासका कुराहरु गर्न सकेको छैन । जनताको मन जित्नु पनि प¥यो र त्यो ब्यवहारमा देखाउनु पनि प¥यो । त्यो काम कांग्रेसबाट हुन सकिरहेको छैन ।

 

 

त्यसको नतिजा स्थानिय तहको जिल्ला भर देखिएको परिणाम पनि हो । पछिल्लो समयमा महाकाली अञ्चल अस्पताल को हालत बिजोग छ । यसलाई टिचिङ्ग अस्पतालको रुपमा परिणत गर्ने योजना बनाएको छु । कम्तिमा ३ सय बेडको अस्पताल सहित डाक्टर उत्पादन गर्ने थलोकोरुपमा यसलाई परिणत गर्न आवस्यक छ । अनि स्वास्थ्यको समस्या सामाधान हुनछ ।

 

 

 

प्राविधिक शिक्षालय स्थापना, जडीबुटी प्रशोधन केन्द्र, मलखाध कारखाना, महाकाली सन्धी अनुरुप पाउनु पर्ने ३ सय  क्युसेक पानी जसले दोधाराचाँदनीलाई सिंचित गर्न सकिन्छ । बिगतमा जितेको प्रतिनिधीले यि कुरा चुइकक पनि बोलेका छैनन् ।

 

 

पहिला महाकाली नदी र अहिले जोगबुडा नदीको कटानले दोधाराचाँदनीबासी पिडित छन् । जोगबुढा नदी नियन्त्रण र त्यहा पक्की पुल निर्माण गर्ने प्रमुख लक्ष्य पनि छ । भीमदत्त र कालिपारीको दोधारा चाँदनीलाई सडक यातायात सम्पनन बनाउन रिङ्गरोड, जोगबुढा नदी नियन्त्रण, कृषिमा आधुनिकरण, प्रर्यटन केन्द्रको स्थापना र प्रत्येक वडामा सामुदायिक भवन लगायत थुप्रै योजना हरु छन् । जुन म प्रतिनिधी सभा सदस्य भए भने ती योजना हरु पुरा गर्छु ।

 

 

तपाईका प्रतिपक्षी बिशेषगरी कांग्रेसले बाम गठबन्धन गरेर कम्युनिष्टहरुले जनताले बनाएको संबिधान परिवर्तन गर्ने र कम्युनिष्ट एकतन्त्रीय सासन ब्यवस्था लाद्न खोजेका छन् भन्ने आरोप लगाउदै छन  ?

-मेरो प्रतिद्धन्दी वा नेपाली कांग्रेसले लगाईरहेको आरोप प्रति उहाहरुको यो बिचारापन हो । हतियारले सत्ता कब्जा हुदैन भन्ने मान्यताका साथ नेपालका कम्युनिष्ट लोकतान्त्रिक बाटोमा छ । जुन अहिले हामी प्रकृयाबाट धेरै अगाडी बढिसकेका छौ । पछिल्लो राजनिती हेर्ने हो भने नेपालमा हतियार उठाएर सत्ता कब्जा गर्छौ भन्ने नेपाली कांग्रेस नै हो ।

 

 

 

 

२००७ साल देखि यता हेर्न हो भने पहिला कसले हतियार उठाएको हो त्यो प्रष्ट नै छ । २०२७ सालमा माले र ०५१ म माओवदाीले हतियार उठाएर सत्ता कब्जा गर्न खोजेका हुन । नेपालमा त्यो सम्भव नभएपछि सबैले लोकतान्त्रिक बाटो अपनाएकै हुन । २०४६ मा बामपन्थीसंग कांग्रेसले सहकार्य गरेर जनआन्दोलनमा सफल भएको हो । त्यस यता थुप्रैपटक बाम घटकसंग सहकार्य गरेर कांग्रेस सत्ताको नेतृत्व पनि लिएको छ ।

 

 

 

सहकार्य गर्दा बामपन्थीलाई प्रजातान्त्रिक मान्ने अनि बाम पन्थीहरुले गठबन्धन गर्दा अधिनायक बाद लागु हुने भन्ने नेपाली कांग्रेसको फेक र भ्रम फैलाउने कुरा मात्रै हो । त्यसको कुनै आधार छैन । पछिल्लो संबिधान सबै सक्तिहरुको सन्तुलनबाट बनेको हो । नेपालका बामपन्थीहरु लोकतान्त्रिक पद्दतिमा गइसेकोले कांग्रेसले जनतालाई भडकाउन र भ्रम पार्न यस्तो कुरा ल्याएको हो । यो निराधारकुरा हो । यसमा सबैले बुझन जरुरी छ ।

 

 

अहिले संबिधान संसोधन गर्ने पक्ष( माओवादी) र संसद मै संसोधन विफल तुल्याउने एमाले एक हुदा अब एमाले के संसोधनकै पक्षमा जान्छ ? दुई तिहाई बहुमत ल्याए आफु अनुकुल संसोधन गर्छ भन्ने कांग्रेसको आरोप के भन्न चाहनु हुन्छ?

 

-नेकपा एमालेले राष्ट्रबादको कुरा उठाएको संबिधान घोषणा गर्ने र संबिधान संसोधन गर्ने कुरा उठेको बेला हैन निरन्तर देशभक्ती पूर्ण र निरन्तर राष्ट्रियताको कुरा उठाउदै आएको पार्टी हो । त्यस क्रममा केही त्रुटी भएका छन् भने त्यसलाई सच्याउने प्रयास पनि भएका  भएका छन् ।

 

 

 

 

जस्तै महाकाली सन्धीमा सम्झौता भनेर गिरिजा प्रसाद कोइरालाले भन्नु भयो,सवोच्चले यो दुईदेशको कुरा संसदको दुई तिहाई बाट हुनुपर्छ भनेपछि त्यो एकिकृत विकास सन्धी हुदा अहिले हामीले जे देख्यौ ती सबै कुराहरु र भोली बनने पञ्चेश्वर जल बिद्युत आयोजनाबाट उत्पादन हुने बिद्युत र पानी आधा आधा बाड्ने सिद्धान्त प्रतिपाद भएको छ ।

 

 

 

म आफै पनि दोधाराको कुतियाकबरदेखि दार्चुलाको लिपुलेक, छाङ्गरु सम्म पद यात्रा गरेको राष्ट्रिय कमान्डर हो म राष्ट्रियताको पक्षमा, यो आन्दोलन कुरा गरिरहेको छु । सिमा विवाद होस या अन्य केही कुरामा पनि नेकपा एमाले राष्ट्रियताको पक्षमा अग्रपक्तिमा छ । य

 

 

 

हाले उठाएको प्रश्न सान्र्दभिक छ, संसोधनको पक्षधर रहेको माओवादीसंगको साठगाठले माओवादीको एजेन्डा हावि हो की एमालेको एजेन्डा हावि हो भन्नु हुन्छ भने त्यो त साठी, चालिस स्प्रिट देखाइहाल्छ । राष्ट्रियताको पक्षमा बामपन्थीहरु एकठाउमा आउनका लागि यो पहिलो गठबन्धन बनेको छ । माओवादीले नेपाली काँग्रेससित प्रतिक्रियात्मक रुपले एमाले र माओवादी केन्द्रबीच भएको सहमतिमा अगाडि बढ्न नसक्दा प्रतिक्रियात्मक रुपमा अघि बढ्न पुग्यो ।

तपाईको प्रतिद्वन्द्वी रमेश लेखक हुनुहुन्छ, लेखक तीन पटक यसै क्षेत्रबाट तीन पटक साँसद भइसकेका व्यक्ति हुन् । वहाँसित वामगठबन्धनको प्रतिस्पर्धा हुने कुरामा ढुक्क हुनुहुन्छ ?

-म ढुक्क यस मानेमा छु कि वहाँले काम गरेको भए त्यो जनतालाई देखाउन सक्नु पथ्र्यो । एमाले र माओवादीको संयुक्त सरकारको पालामा छुट्याएको बजेटको कामलाई वहाँले शिलान्यास गर्दै हामीले ग¥यौ भन्दै हुनु हुन्छ । साँच्चिकै वहाँले गरेको भए यस्ता झुठा कुरा ढिडौरा पिट्दै हिड्नु पर्ने अवस्था आउँदैन्थ्यो । जनताले आफैं बुझि हाल्छन्  ।

 

 

 

 

तीन पटक साँसद भएको मान्छेले स्वास्थ्य क्षेत्रमा ध्यान दिएको भए अञ्चल अस्पताल सुधार भई सक्थ्यो ।

 

 

 

 

मझगाउँ विमानस्थल सञ्चालमा आउथ्यो होला । अहिले चुनावको मुखमा यी सबै काम मैले गर्दैछु भन्दै हुनु हुन्छ । अर्को कुरा त महाकाली पुलमा चार लेनको पुल त हामी बनाउँदै छौ भन्नु हुन्छ, केपी प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री हुँदा बजेट विनियोजन गरिएको थियो, त्यो रेडबुकमा पनि उल्लेख छ । पुल बनाउनु पर्छ भनेर डेलिगेसन लिएर जाने हामी एमाले र माओवादी नेता, कार्यकर्ता ।

 

 

 

अहिले वहाँहरुको सरकार छ, प्रधानमन्त्री छ, वहाँहरुलाई लिएर पुलको शिलान्यास गरेर हामीले बनायौ भनेर जस लिन खोजिदैछ,त्यो झुठ कुरा हो । जनताले त्यो कुरा बुझेका छन् । १८ वर्षदेखि महाकाली अञ्चल अस्पतालको अवस्था कति सुध्रियो, त्यो वहाँले जवाफ दिनु पर्छ,त्यस्ता जनताको कैयो समस्या छन्, त्यो त वहाँले जवाफ दिनु पर्ला ।

 

 

 

त्यसैले जनता परिवर्तनको पक्षमा छन्, एमालेको राष्ट्रियता र वर्तमान परिप्रेक्ष्यको वाम गठबन्धन पनि चुनाव जित्ने कुरामा ढुक्क छु ।