गृहमन्त्री थापालाई लिएर वनमन्त्री वस्नेत प्रदूषण जाँच्न सडकमा उत्रिएपछि… (फोटो फिचरसहित)

गृहमन्त्री थापालाई लिएर वनमन्त्री वस्नेत प्रदूषण जाँच्न सडकमा उत्रिएपछि… (फोटो फिचरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत सवारीसाधनको प्रदूषणको मापदण्ड जाच्न सडकमा उत्रिएका छन्।

उनीहरुले आइतबार बिहान राजधानी काठमाडौैंका सडकमा गुडिरहेका सवारीसाधनको प्रदूषण जाँच गरेका हुन्।

सरकारले २० वर्ष पुराना सवारीसाधनमा प्रतिबन्ध लगाउनुका साथै राजधनीका मुख्य सडकमा प्रदूषण जाँच पास भएका सवारीसाधन मात्र सञ्चालन गर्न दिइरहेका बेला गृहमन्त्री थापा र वातावरणमन्त्री बस्नेतले मापदण्ड कार्यान्वयन भए-नभएको बारे छडके अनुगमन गरेका हुन्।

मन्त्रीद्वय थापा र बस्नेत गाउन र मास्क लगाएर सरकारी अधिकरीहरूसहित सवारी जाँचमा खटिएका थिए।

काठमाडौंको प्रदूषणमो ३८ प्रतिशत हिस्सा सवारीसाधनको धुलोको रहेको सरकारी अधिकारीको भनाई छ।

यातायात व्यवस्था विभागले सवारी प्रदूषण नियन्त्रणका लागि आगामी आर्थिक वर्षदेखि मुलुकभरका महानगर, उपमहानगरपालिका र काठमाडौं उपत्यका सबै स्थानीय तहमा प्रदूषण जाँचपास अनिवार्य गर्दैछ।

जसका लागि ४० वटा ’स्मोक एनालाइजर’ यन्त्र खरिदको प्रक्रियामा रहेको छ।