सरकारको बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको छ : पूर्वअर्थमन्त्री महत

सरकारको बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको छ : पूर्वअर्थमन्त्री महत


बुटवल – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको टिप्पणी गरेका छन् ।

उनले बजेटले निर्धारण गरेको लक्ष्य निर्धारणका लागी सरकार असफल भएको दाबी पनि गरे । बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै डा.महतले सरकारले सस्तो लोकप्रियताका लागी मिठा मिठा शब्द जाल भरेर बजेट बनाएको दाबी पनि गरे ।

एक वर्षमा ५ लाखलाई रोजगारी दिने बजेटमा उल्लेख गरीएपनि त्यसका लागि कुनै तयारी र अध्ययन नदेखिएको उनको भनाई छ । उनले भने ‘रोजगारी सिर्जना भनिएको छ तर त्यो कसरी कुन तरीकाले गरीने हो त्यो उल्लेख छैन, शब्दमा मात्रै रोजगारी लेखेर हुन्छ ?’

सरकारले आर्थिक बृद्विदर र पुँजी लगानीमा ८० प्रतिशत नीजि क्षेत्र र २० प्रतिशतमात्रै सरकारी लगानी हुने गरेको उल्लेख गरेका छन् ।आर्थिक बृद्विदर हाँसील गर्नका लागी कति पूजी लागनी गर्नुपर्छ त्यसतर्फ सरकारले सोच्दै नसोचेको उनको भनाई छ ।

कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका डा. महतले सत्तापक्षको मिठो मिठो कुरा सुनेर इन्नोसेन्ट भएर तालि बजाउने मात्रै काम भएको भन्दै प्रतिप्रक्षको भूमिका निभाउनु पर्ने बताए । सरकारका कमी कमजोरी हेरिरहेका छौं तर भ्रम हटोस् हामी जिम्मेबारीमै छौं । कांग्रेस संगठन बिस्तार अभियानमा रहेको भन्दै उनले कांग्रेस अब बलियो भएर अघि बढ्ने बताए ।