संघीयता कार्यान्वयन उल्टो हुँदा सरकारलाई पनि दुःख : मुख्यमन्त्री गुरुङ

संघीयता कार्यान्वयन उल्टो हुँदा सरकारलाई पनि दुःख : मुख्यमन्त्री गुरुङ


लमजुङ – प्रदेश नंं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा संघीय शासन प्रणाली कार्यान्वयन उल्टो भएको दाबी गरेका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिकाको दोस्रो नगरसभा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । शासन प्रणाली कार्यान्वयन उल्टो हुँदा स्थानीय तह व्यवस्थित हुन नसकेको र सरकारले पनि दुःख पाएको उनको दाबी थियो ।

“पहिले संघीय र प्रदेश सरकार निर्माण गरी त्यसपछि मात्र गाउँ र नगर सरकार निर्माण गर्नुपथ्र्यो”, मुख्यमन्त्री गुरुङले भने, “यदि त्यसो भएको भए कानून निर्माणसँगै स्रोत र जनशक्ति व्यवस्थापनमा सहज हुन्थ्यो ।” मुख्यमन्त्री गुरुङले केन्द्रीय सरकारले स्थानीय जनप्रतिनिधिलाई तलब दिन नसके पनि प्रदेश सरकारले आन्तरिक स्रोतबाट प्रदान गर्ने आश्वासन पनि दिए ।

मुख्यमन्त्री गुरुङलाई भोटेओडारस्थित स्थानीय तमु आमा समूहले पनि सम्मान गरेका थिए भने नगरसभामा नगर प्रमुख जनकराज मिश्रले आव २०७४-०७५ को कार्यप्रगति विवरण पेश गरेका थिए ।