अपराध महाशाखाको सफलता : धनगढीमा गोली हान्ने काठमाडौंबाट पक्राउ

अपराध महाशाखाको सफलता : धनगढीमा गोली हान्ने काठमाडौंबाट पक्राउ


काठमाडौं– कैलालीको धनगढीबाट ९ लाख ५० हजार रुपैयां लुटेर भागेका २ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

धनगढीको मेनरोडमा रहेको सिद्धार्थ बैंकबाट रकम झिकेर आईएमई सेन्टरमा जँंदै गएको आईएमईका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरेर रकम लुटेर भागेका २ जनालाई प्रहरीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले सोमवार विहान काठमाडौंको गोंगबुबाट २ जनालाई पक्राउ गरेको महाशाखाका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउंका २८ वर्षी राम प्रवेश राना र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरियाका २३ वर्षीय कालु राना (कल्लु) छन् ।