काठमाडौं– सर्वोच्च अदालतले बीपी राजमार्गको बनेपा–बर्दिबास खण्डमा ठूला सवारीसाधन सञ्चालन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बीपी राजमार्गको सो खण्डमा ३२ सिटे गाडी र १६ टनभन्दा बढी तौल भएका सवारीसाधन चलाउन दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।
यातायात व्यवस्था विभागले जेठ १३ मा बीपी राजमार्गमा ठूला सवारीसाधनसमेत चल्न दिने निर्णय गरेपछि त्यसविरुद्ध अधिवक्ता कैलाश दाहालले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
प्रतिक्रिया