डोल्पामा अनुगमन : सातै कार्यालय प्रमुख अनुपस्थित

डोल्पामा अनुगमन : सातै कार्यालय प्रमुख अनुपस्थित


डोल्पा – जिल्ला प्रशासन कार्यालय डोल्पाले जिल्लाका सम्पुर्ण सरकारी कार्यालयको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी भुप्रेन्द्र थापाको नेतृत्वमा गएको टोलीले जिल्लामा रहेका सबै सरकारी कार्यालयको अनुगमन गर्दा ७ वटा कार्यालयहरु प्रमुख विहिन र ९० भन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाइएको छ । यसरी जनताको सेवा प्रवाह प्रभावित पारेर अनुपस्थित हुने कर्मचारी विरुद्ध कारबाहीको प्रक्रिया अगाडी बढाइने प्रजिअ थापाले बताए ।

अनुगमनको क्रममा जिल्ल्ला कृषी विकास कार्यालय ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,कोष तथा लेखा नियन्त्रण कार्यालय, खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यलय, जिल्ला हुलाक कार्यालय,जिल्ला पशु सेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय गरी ७ वटा कार्यालयहरु प्रमुख बिहिन पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अनुगमनमा कार्यालय प्रमुख कर्मचारीको हाजिरी, सहायता कक्ष, सफा पिउने पानी,सेवा ग्राहीलाई कर्मचारीको गर्ने व्यबहार,कार्यालय सरसफाई लगायतको सम्पुर्ण पक्षको अनुगनमन गरिएको प्रजिअ थापाले बताए । आजको नयांपत्रिका दैनिकमा समाचार छ ।