युरोकपमा आज रोमाञ्चक चार खेल हुँदै

युरोकपमा आज रोमाञ्चक चार खेल हुँदै


काठमाण्डु – युरोकप २०२० अन्तर्गत समूह चरणका खेल आज चार खेलमा प्रतिस्पर्धा हुँदैछन् । आज समूह ‘ई’ र समूह ‘एफ’ का अन्तिम चरणको खेलमा प्रतिस्पर्धा हुनेछ । आज राति यी दुवै समूहका खेल सकिएसँगै युरोकपको समूह चरणका खेल पनि सकिने छ ।

समूह ई अन्तर्गतको खेलमा स्विडेनले पोल्यान्डसँग खेल्ने छ भने सोही समूहको अर्को खेलमा स्पेनले स्लोभाकियासँग खेल्ने छ । यी दुवै खेल राति पौने १० बजे सुरु हुँदैछ । मूह ई मा स्विडेन, स्लोभाकिया, स्पेन र पोल्यान्ड क्रमशः ४, ३, २ र १ अंकका साथ शीर्ष, दोस्रो, तेस्रो र चोथो स्थानमा छन् । त्यसैले अघिल्लो चरणमा पुग्नका लागि पोल्यान्डलाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ ।

त्यस्तै, समूह एफ को पनि अन्तिम खेल आज हुनेछ । समूह एफअन्तर्गत राति १२ः४५ सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले २०१८ को विश्वकप विजेता फ्रान्सको सामना गर्नेछ। यता अर्को खेलमा जर्मनीले हंगेरीको सामना गर्नेछ ।