सिंगापुरको ‘सेन्तोसा आइल्याण्ड’मा भेट गर्दैछन् ट्रम्प र किम जोङ

सिंगापुरको ‘सेन्तोसा आइल्याण्ड’मा भेट गर्दैछन् ट्रम्प र किम जोङ


काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता सिंगापुरको ‘सेन्तोसा आइल्याण्ड’मा हुने भएको छ ।

दुई नेताबीच सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा भेटवार्ता हुने हृवाइट हाउसले जनाएको छ । ट्रम्प–किम १२ जुनमा विहान ९ बजे उक्त होटलमा भेट्दैछन् ।

गत वर्ष अमेरिकी राष्ट्रपति पदमा सपथ लिएका राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा बढी वा पाको उमेरको राष्ट्रपतिका रुपमा परिचित छन्। उनी हाल ७२ वर्षका छन् र जुन १२ मा हुने उक्त वार्ताका दिन उनी ७२ वर्ष पूरा भएको हुनेछन्।

उत्तर कोरियाली नेता किम जोङ उन भने विश्वको कान्छो राष्ट्रपतिको रुपमा चिनिन्छन् । उनको उमेर हाल ३४ वर्ष ६ महिनाको छ। उनले आजभन्दा ६ वर्षअघि उत्तर कोरियाको नेताका रुपमा काम थालेका हुन्।सोलसिथ्त योनसे युनिभर्सीटीका प्राध्यापक जोन डेलुरीले अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताले एक अर्काको कुरा सुन्ने र यसबाट राम्रै हुने विचार प्रकट गरेका छन्।

सिंगापुर सरकारले सोमबार विदेश मन्त्रालय, अमेरिकी दूताबास र थुप्रै होटललाई विशेष क्षेत्र घोषणा गरेको छ । यसमा सेन्तोसा आइल्याण्ड पनि परेको छ । आइल्याण्डको दक्षिण पश्चिमी तटको करिव एक किलोमिटर विशेष क्षेत्रमा पर्छ । उनीहरुलाई गोरखाली सेनाले सुरक्षा दिनेछन्