युरोकप : पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा

युरोकप : पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा


काठमाण्डु – बेल्जियम युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनल प्रवेश गरेको छ । स्पेनको सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा भएको खेलमा साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बेल्जियमको जितमा ४२ औं मिनेटमा थोर्गन हेजार्डले गरेको गोल नै निर्णायक रह्यो । थोमस मुनिएरको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । उता पोर्चुगलले केही मौकामा खेर फालेको थियो । अब क्वार्टरफाइनलमा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक तेस्रो टोलीका रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । हंगेरीको पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक सिकले १–१ गोल गरे ।

५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लाइटले रेड कार्ड पाएपछि नेदरल्याण्ड्स १० खेलाडीमा सिमित भएको थियो । ६८ औं मिनेटमा होल्सले गोल गर्दै चेकलाई अग्रता दिलाए ।

त्यसपछि ८० औं मिनेटमा सिकको गोलसँगै चेक २–० ले विजयी भएको हो । क्वार्टरफाइनलमा चेक रिपब्लिक र डेनमार्कले खेल्नेछन् ।