कांग्रेसलाई जनताले चिनिसके : प्रदेशसभाका उम्मेद्धवार खड्का

कांग्रेसलाई जनताले चिनिसके : प्रदेशसभाका उम्मेद्धवार खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमाले नेता लाल बहादुर खडका कंचनपुरबाट प्रदेशसभामा उम्मेदवार छन् । एमालेको जिल्ला उपाध्यक्ष समेत रहेका खड्का यसअघि गाविस अध्यक्ष समेत बनेका थिए । खड्काको बहालवाला कांग्रेसका सांसद बहादुर थापासंग प्रतिस्पर्धा छ । वामगठवन्धनको साझा उम्मेदवार बनेका खड्कासंग गरिएको छोटो कुराकानी –

यहाको चुनावी तयारी अवस्था कस्तो छ ?
-यतिबेला म बाम गठबन्धनको प्रदेश नम्बर २ को ख बाट प्रदेश सभाको सदस्यको साझा उम्मेदवार हो । हामी आन्तरिक व्यवस्थापनका साथै घरदैलो लगायतका चुनावि गतिविधिमा लागेका छौं । हामीले जिल्लामा गठबन्धनको संयुक्त प्रचार समिति बनाएर व्यवस्थित रुपमा अघि बढाएका छौ ।

 

 

प्रत्येक क्षेत्र र टोलहरुमा हाम्रो निर्वाचन परिचालन समिति गठन गरेका छौं । हामी भित्रि रुपमा जनतासंग पुगि रहेका छौं । फेरी कम्युनिष्ट पार्टी संगठन र कार्यकर्ताको जगमा उभिएको पार्टी हो । कांग्रेस जस्तो मास बेस पार्टी हैन । हामी बाम गठबन्धनको अवस्यकता, यसका उदेश्य र एजेण्डाहरुलाई शसक्त रुपमा जनतामा लैजाने हाम्रो अर्को रणनीति पनि बनाएका छौ ।

 

 

बिगतमा प्रतिद्धन्दीका रुपमा चुनाव लड्यो एमाले र माओवादी । अहिले गठबन्धनमा छ । कार्यकर्तामा गठबन्धको प्रभाव कस्तो छ  ?  

-कार्यकर्तामा एकदमै उत्साह छ । मलाई के लाग्छ भने दुवै जना म र नर बहादुर धामी जी यो क्षेत्रबाट बामगठबन्धका साझा उम्मेदवार छौ । उता क्षेत्र नम्बर २ को क बाट माआवादी केन्द्रका महेश जोशी हुनुहुन्छ । हाम्रा कार्याकर्ता संगै माआवादीका साथिहरुमा त्यो उत्साह अझ बढी छ ।

 

 

 

 

अहिले माओवादीका पूर्व सांसद टिकेन्द्र भट्ट जी लगायत सम्पूर्ण कार्यकताहरु अगुवाको रुपमा प्रचार प्रसारमा खटिसक्नु भएको छ । कही कतै अलमल छैन । सबै निर्वाचन क्षेत्रमा गएको छु बाम गठबन्धनले कार्यकर्ताहरुमा खुशी नै छाएको छ । पहिल्यै एक हुनुपर्ने बरु ढिला भयो भन्ने कार्याकर्ताहरुको बुझाई छ ।

 

 

 

क्षेत्र नम्बर २ को ख क्षेत्रमा के के समस्या छन् । यहाको मुख्य चुनावि एजेण्डा के–के छन् ?

-क्षेत्र नं. २ ख  क्षेत्रको मुल समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने हो । यहा थुप्रै समस्याहरु छन् । यहाँ मुक्त कमैयाको ठूलो बस्ति छ । आरक्षपीडित,  सुकुम्बासी, बाढीपिडीतको ठूलो समूह छ । त्यो संगसगै, नदी कटानको समस्या छ । आरक्षसंग जोडिएका कारण पनि बन्यजन्तुले निकै दुःख दिंदै आएको छ  । विकासका थुप्रै सम्भवानाहरु यहाँ हुन सकेको छैन । यहाँ भौतिक विकास भन्दा मानविय पिडा बढी छ ।

 

मुक्त कमैयालाई बसाईएको छ, आधारभूत समस्याहरु पनि पुरा हुन सकेको छैनन्, त्यस्तै भूमिहिनहरुको ब्यवस्थापन हुन सकेको छैन । नदी कटानले बर्षेनी भूमिहिनको संख्या बढाएकोछ । यसलाई सम्बोधन गर्नु पर्ने मुख्य एजेन्डाहो ।  यहाँ बाटाघाटाहरु बनेका छैनन्, जनताले शुद्ध पिउने पानि पाएका छैनन् ।

 

 

 

 

स्वास्थ्य चौकीहरु उपयुक्त छैनन् । स्कूलको व्यवस्थापन राम्रो छैन् ।यिनै समस्याहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता जनताका माझ हामी जादै छौ ।

 

 

कँंग्रेसका जिल्ला सभापति निर्वतमान सांसद बहादुर थापासंग यहाको प्रतिष्पर्धा छ चुनाव जित्ने आधार के छ, गठबन्धनको कारण ढुक्क भएको अवस्था हो  ?

-मैले त्यस्तो आंकलन त अहिले नै गर्न मिल्दैन । प्रतिष्पर्र्धा हो । नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु मिलेका छन् । पछाडी पारिएका जनतालाई मुल प्रभावमा कसरी ल्याउने, समाजवाद उन्मुख राज्य शासन  कसरी ल्याउने भन्ने एजेन्डाका साथ अगाडी बढेका छन् । कांग्रेससंग कुनै एजेन्डा नै छैन् । नत मैले देखेको छु ।

 

 

 

 

बहादुर थापा मेरा प्रतिस्प्रर्धीसंग धेरै बेला राजनीतिक ढंगले अगाडी बढेका छौ । उहाँको ब्यक्तित्वको तर्फ म केही भन्न चाहन्न । तर उहाँको पार्टीसंग कुनै एजेन्डा छैन् ।

 

 

एजेन्डा विहिन, नातापाता र अन्य ढंगले उहाँहरु चुनावमा उत्रिनु भएको छ । तर हामी स्पष्ट बिचार दृष्टिकोणका साथ ७ नम्बर प्रदेशलाई जुन साधन श्रोतले सम्पन्न छ, त्यसको उपयोग कसरी गर्ने समृद्ध बनाउने । पिछडिएको बर्गको उत्थान गर्ने, मानविय र भौतिक विकास गर्ने लगायतका थुप्रै योजनाहरु हामीले बनाएका छौ । यही दृष्टिकोणका साथ बाम एकता पनि भएको हो ।

 

 

 

 

अर्को कुरा यो क्षेत्रमा कसले योगदान बढी गरेको छ, चाहे त्यो ब्यक्ति सत्तामा हँुदा बखतको होस् सत्ता बाहिर रहदा होस्, कसले योगदान बढी गरेका छन्  भनेर जनताले बुझेका छन् । बहादुर जीले पछिल्लो समयमा जनताका के काम गरे भनेर नै जनता आफै बहस र छलफल गरिरहेका छन् । त्यसो हुँदा जनता परिवर्तन चाहनछन् भन्ने प्रष्ट भईसकेको छ ।

 

 

 

 

फेरी बाम एकताको हिसाबले पनि अगाडी छौ । जनताको काम गर्ने कुरामा म विश्वस्त छ, जित्ने कुरामा ढुक्क हुने भन्दापनि जनतनाले मलाई यहाबाट चुनेर पठाउने छन् । त्यो विश्वास मैले प्रचारको क्रममा जनतामाझ आश्वासन पाएको छु । जनताले चुनेर पठाए भने म उहाँहरुको काममा अहोरात्र खटिने प्रतिबद्धता पनि जाहेर गर्दछु ।  

 

तपाइको प्रतिद्धन्दीले संगै क्षेत्र नं. २ मा पूर्व मन्त्री एन.पी. साउदले यो क्षेत्र बिकास निर्माणका काम गरेको दावि गर्नु भएको छ, यसले पनि तपाईको प्रतिद्धन्दीलाई फाइदा पुग्दैन ? के के विकास कार्यहरु भएको छ जस्तो लाग्छ यहालाई ?

-त्यो त उहाँहरुलाई थाहा होला । जनताले पनि बुझिसकेका छन् । मैले बुझेको के हो भने सामाजिक न्यायको ढंगले जनताको बिचमा कार्य गरेको पाइएन । खैत यहाँका आरक्ष, सुकुम्बासी र भूमिहिनहरुको समस्या सामाधान भएको ?

 

 

 

 

उहाँ सिचाई मन्त्री हुँदा को मेरा कार्यकर्ता हुन भनेर घरमा लगेर योजना बाँड्ने काम भएको छ । समस्याग्रस्त क्षेत्रमा आफ्ना कार्यकर्ता नभए योजना हाल्ने काम भएन । त्यहाको प्राथमिकता केहो भन्ने बैज्ञानिक ढंगले अगाडी बढ्नु भएन ।

 

 

 

त्यसकारण कार्यकर्ताको घरमा पुगेका योजनाबाट केही कार्यकर्ताले विकास भयो भनेर चर्चा गर्नु स्वभाविक होला तर, हामी देखिरहेको छौ उहाँ मन्त्री भएपछि यहाँको खोलानालाको समस्या उस्तै छ । हो बरु रातो किताबमा आफ्ना कार्यकर्ता र ब्यक्तिका नाम उल्लेख गर्न सफल हुन भएको छ भनेर गाँउमा चर्चा सुन्न पाएका छौ । त्यसैलै यि कुराहरुले मेरा प्रतिद्धन्दीलाई फाइदा हुन्छ भन्ने मलाई बिश्वास छैन । जनताले पनि त्यो कुरा बुझिरहेका छन् ।    

 

 

नेपाली कांग्रेसले बाम गठबन्धन एकदलिय शासन लाद्ने प्रयास हो भनिरहेको छ नि  ?

-जनताले बुझ्ने कुरा अल्ली फरक छ । तर कांग्रेसले जे बुझ्यो त्यो चाँही ठिक हो भन्ने मलाई लागेको छ । किन भने हामीले बहुमतको सरकार बनायौ भन्यो यो मुलुकको कायापलट गर्छो, त्यो बिगतको इतिहासले पनि देखाएको छ । 

 

 

 

०५१ सालमा हामीले ९ महिनाको अल्पमतको सरकार चलाउँदा अहिलेसम्मकै लोकप्रिय सरकार बनेको छ । हामीले आफ्नो गाँउ आफै बनाउँ भन्ने कार्यक्रम बनायौ, त्यसैको जगमा अहिले स्थानिय निकायलाई स्थानिय सरकारका रुपमा संबिधानमा ब्यवस्था त्यसैको जगमा भएको हो ।

 

 

 

त्यसो हुनाले ५ बर्ष राम्रोसंग सरकार चलाउने हो भने हामी जनताका आधारभूत समस्याहरु समाधन गर्ने तहमा र मुलुकलाई सम्बृद्धि र यहाँका श्रोत साधनलाई ब्यवस्थापन गर्न लाग्छौ । त्यसो हुनाले स्वभाविक रुपमा जनताले कम्युनिष्ट पार्टीलाई माया गर्छ, अर्को चुनावमा फेरी कम्युनिष्टकै बहुमत आउँछ भन्ने कांग्रेसको पिरलो र प्रोपोगोण्डा हो संबिधान संसोधन र अधिनायकबाद । हामी प्रजातन्त्रकै सबै बिधी र प्रक्रियासंग प्रतिबद्ध छौ, त्यसै आधारमा पनि अगाडी बढेका छौ ।

 

 

कम्युनिष्ट पार्टी कतिलामो समय सम्म सत्तामा रहने नरहने भन्ने कुरा जनताले फैसला गर्ने अधिकार नै हुन्छ । एक पटक कम्युनिष्टहरुले ५ बर्ष सरकार चलायो भने कांग्रेसले २० बर्ष सम्म सत्ताबाट टाढा बस्नु पर्ने हुनाले डराएर यस्ता हल्ला फिजाईएको हो ।

 

 

तपाईलाई कति सम्झना छ ०५१ सालमा एमालेको सरकारले जेष्ठ नागरिक भत्ता १०० रुपैया बनाउँदा कांग्रेसहरु के भन्थे ‘सय रुपैया दिएर एमालेले बुढा बुढीहरुको तथ्यांक लिदै छ र पैसा दिने नाममा  बोलाएर लाइन लगाएर गोली हानेर मार्छ र एकै खाल्डामा हाल्छ’ भन्थे । अहिले सय रुपैयाबाट २००० बनाएर जेष्ठ नागरिकको शुरक्षा गर्ने पार्टी पनि एमाले नै बनेको छ । त्यो जनताले बुझेका छन् । कांग्रेसको त्यो भ्रममा  त्यो भ्रममा कोही पर्ने वालापनि छैनन् ।

 

क्षेत्र नं. २ का जनताहरुलाई के उद्घोष गर्न चाहानुहुन्छ  ?
 – यो क्षेत्र भरिका सम्पूर्ण जनतालाई के भन्न चाहान्छुकी यतिवेला यो क्षेत्रमा थुप्रै समस्याहरु छन् । म हिजोका दिनमा पनि स्थानिय निकायमा नेतृत्व गरेको ब्यक्तित्व हु । जनताको समस्या बुझेको र स्थानिय निकायमा नेतृत्व गर्दा जनताका समस्याहरु सामाधान गरेको छु । अहिले गाँउ सरकार र नगर सरकार बनाएका छौ । ती सरकारहरुलाई अझ कसरी बलियो बनाउने भन्ने कुरामा हामी जोड दिन्छौ ।

 

जनताका आधारभूत आवश्यकता त्यही सरकारबाट नै कसरी ?

-परिपूर्ति गछौ भन्ने ढंगले हामी अगाडी बढ्छौ । र मुल कुरा भनेको अहिले जुनखालको बिभिन्न ढंगले पछाडी पारिएको बर्ग समुदाय छ, यूवा बेरोजगारीको अवस्था छ । यि सबै कुरालाई हल गर्नका लागि सुदुरपश्चिममा धेरै खालका श्रोत साधन छ । पञ्चेश्वर परियोजना, अपर कर्णली, चमेलिया पश्चिम सेती यहाँछ । खनिज, जडीबुटीको थुप्रो सम्पदा छन् ।

 

 

 

तिनीहरुलाई ब्यवस्थापन गरेर हामी जनताको जिवन स्तर उकास्न चाहन्छौ  । अबको ५ बर्ष पछि सम्पन्न सुदुर पश्चिम बनाउँछौ । हाम्रो यो अभियान नै हो यो अभियानलाई साथ र सहयोग दिन म जनतालाई आग्रह गर्दछु ।