एमबिबिएस प्रवेश परीक्षाकाे प्रश्नपत्र बाहिरिएको पुष्टि, पुनः परीक्षा अन्यौलमा

एमबिबिएस प्रवेश परीक्षाकाे प्रश्नपत्र बाहिरिएको पुष्टि, पुनः परीक्षा अन्यौलमा


काठमाडौं– त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को एमबिबिएस प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको ठहर भएको छ।

 

 

 

त्रिवि कार्यकारी परिषद्ले एमबिबिएस प्रवेश परीक्षामा प्रश्न पत्र बाहिरिएको ठहर गर्दै परीक्षाका विषयमा आवश्यक निर्णय गर्न आइओएमलाई पत्र पठाउने निर्णय गरेको छ। तर, पुनः परीक्षाको अन्यौल कायमै रहेको छ।

 

 

 

प्रवेश परीक्षामा डिभाइस मार्फत चिट चोरिएको, प्रश्नपत्र बाहिरिएको पुष्टि भएका कारण परीक्षाका विषयमा निर्णय गर्न आइओएमकै परीक्षा बोर्डलाई लेखेर पठाएको त्रिविका उपकुलपति तीर्थ खनियाँले बताए।

 

 

 

गत असोज २८ गते भएको एमबिबिएस प्रवेश परीक्षामा विद्यार्थीले डिभाइस मार्फत चिट चोरेको फेला परेको थियो। त्रिविले डा चिन्तामणि पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।