एपिएफ अस्पतालका २० डाक्टर डिएसपी बढुवाका लागी सिफारीस

एपिएफ अस्पतालका २० डाक्टर डिएसपी बढुवाका लागी सिफारीस


काठमाडौं– शसस्त्र प्रहरी वलमा प्राविधिकतर्फ रोकिएको चिकित्सकहरुको बढुवा सुचारु भएको छ । सशस्त्र प्रहरीले गठन गरेको बढुवा समितिको सचिवालयले विहिवार सांझ सुचना प्रकाशित गर्दै उनिहरुको बढुवा सिफारीस भएको जनाएको छ ।

सशस्त्रमा लामो समयदेखी डाक्टरहरुको बढुवा हुन सकेको थिएन् । नेतृत्वको असक्षमताका कारण दरबन्दी रिक्त हुंदा समेत उनिहरुको बढुवा हुन सकेको थिएन् ।

काठमाडौंपाटीले चिकित्सकहरुको बढुवा ६ बर्षदेखी रोकिएको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो । डिएसपी बढुवा हुनेमा इन्सपेक्टरहरु रामकृष्ण बराल,अमरेश ठाकुर,प्रभात रावल,रोशन कुमार झा, समृद्धि वस्नेत र सुन्दर ढुंगाना लगायत छन् ।

पांच डिएसपी एसपी बढुवामा सिफारीस
सशस्त्र प्रहरी वलका पांच डाक्टर डिएसपी विहीबार एसपी बढुवामा सिफारिस भएका छन । सशस्त्र प्रहरी प्राविधिक समुह, स्वास्थ्य सेवा तर्फ लामो समयदेखि बढुवा रोकिएको थियो । बढुवामा डा.मिना कुवर,सुरेन्द्रमान श्रेष्ठ,शैलेन्द्र दुवाल श्रेष्ठ,निशिता पाठक र महेन्द्रराज श्रेष्ठ परेका छन् ।

बढुवाको सुची यहा हेर्न सक्नुहुनेछ –