प्रदेश ७ को सरकारका तीन निर्णय यस्ता छन्

प्रदेश ७ को सरकारका तीन निर्णय यस्ता छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– प्रदेश ७ को मन्त्रिपरिषद्ले तीन वटा निर्णय गरेको छ।

शुक्रबार बसेको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो। शनिबार दिउँसो तीन बजे सात नम्बर प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने छन्।

बैठकले भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट ७ नम्बर प्रदेशको प्रदेश सहकारी विधेयक तर्जुमा गर्न आएको प्रस्तावमा शैद्धान्तिक सहमति दिएको छ।

जिल्ला सभा तथा जिल्ला समन्यय समिति सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयतलाई मन्त्रिपरिषद् बैठकले प्रदेशसभामा पेस गर्न स्वीकृती प्रदान गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बताए।