चीनको भूमिका महत्वपूर्ण : अमेरिकी विदेशमन्त्री

चीनको भूमिका महत्वपूर्ण : अमेरिकी विदेशमन्त्री


वासिङ्टन – अमेरिकी विदेशमन्त्री माइक पेम्पेओले कोरियाली प्रायद्धीपको विषयमा चीनको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।

केही विदेशी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा उनले भनेका छन्— यस विषयमा चीनको भूमिका महत्वपूर्ण हुनेछ, उसले खेल्ने भूमिकाको बारेमा हामीले प्रसस्त मात्रामा कुरा गर्ने सक्नेछौँ ।

अमेरिका र उत्तर कोरियाबीच आगामी मङ्गलबार शिखर वार्ताको आयोजना गरिएको छ । त्यसका लागि दुवै देशले वार्ताको अन्तिम तयारी भएको जनाएका छन् । सो वार्ताको बारेमा अमेरिकी विदेशमन्त्रीले दिएको यो प्रतिक्रियालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
उनको भनाई थियो चीनले अहिलेसम्म खेलेको भूमिका भने सकारात्मक नै छ ।

यसै वार्ताको विषयलाई लिएर उत्तर कोरियाली नेताले चिनियाँ राष्ट्रपति किम जोङ उनसँग भेटवार्ता गरिसकेको छ त्यसैले यो वार्ताको वातावरण निर्माण पनि भएको छ । चीनले सकारात्मक र रचनात्मक रुपमा यस वार्तालाई लिने हो भने कोरियाली प्रायद्धीपमा शान्तिको स्थापना र दुई कोरियालीबीचको युद्धको अन्त्य धेरै टाढा छैन- सो अन्तरवार्तामा उनले बताएका छन् ।

विदेशमन्त्री पेम्पेओ आगामी जुन १४ मा चीन जानुहुने भएको छ । सो अन्तरवार्तामा उनले आफू आगामी हप्ता चीन भ्रमणमा जान लागेको कुरा पनि सार्वजनिक गरेका छन् । उनले भने – चीन अमेरिकापछिको विश्वको ठूलो अर्थतन्त्र र उत्तर कोरियाको छिमेकी पनि हो यस कारणले पनि अमेरिका र उत्तर कोरियाबीचको आगामी शिखर वार्ताबारे उसले निर्वाह गर्ने भूमिका बडो महत्वपूर्ण हुनेछ ।

यसै अन्तरवार्तामा उनले सकारात्मक भूमिका खेल्न पनि चीनलाई सुझाव दिएका छन् । उनले कोरियाली प्रायद्धीपको समस्यालाई शान्तिपूर्ण मध्यमबाट समाधान गर्नु नै सबैको हितमा रहेको पनि बताए । (सिन्ह्वा)