सिके राउत र विप्लवले जनतालाई दुखः दिए ठेगान लगाउने प्रधानमन्त्री ओलीको चेतावनी

सिके राउत र विप्लवले जनतालाई दुखः दिए ठेगान लगाउने प्रधानमन्त्री ओलीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डन र हिंसाको विषय आफुलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । प्रदेश १ को प्रदेशसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने र देश टुक्राउनेहरुलाई सरकारले ठेगान लगाउने चेतावनी दिए ।

विप्लव र सिके राउतका गतिविधीलाई संकेत गर्दै प्रधानमन्त्रीले जनतालाई अंगभंग पार्ने र मुलुक नै विखण्डन गर्ने कुरा सरकारलाई स्वीकार्य नहुने चेतावनी दिए । उनले आफ्नो नेतृत्वको सरकार राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमानका विषयमा अडिग रहेको दाबी समेत गरे ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भारतलगायत सबै छिमेकी मुलुकहरुसंग सम्बन्ध सुधारमा आफु लागी परेको बताए । उनलले केही दिनभित्रै आफूले चीन भ्रमण गर्न लागेको जानकारी समेत दिए । चीन भ्रमणको क्रममा देशको हित, राष्ट्रिय अखण्डतालाई केन्द्रमा राखेर सम्झौता हुने प्रधानमन्त्री ओलीको भनाई थियो ।