टाकियो ओलम्पिक : हारिन् सोनिया

टाकियो ओलम्पिक : हारिन् सोनिया


काठमाण्डु – जापानको टोकियोमा जारी ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पराजित भएकी छिन् । शनिबार विहान भएको महिला ४८ केजी तौल समूहमा नेपालकी सोनिया रसियाका इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।

खेलमा सोनिया १ मिनेट १६ सेकेन्डसम्म प्रतिस्पर्धामा रहेकी थिइन् । विश्व वरीयताको नवौं स्थानमा रहेकी इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो चरणमामै पराजित गरिन् ।

अब इरिनाले फाइनलमा स्थान बनाए सोनियाले रेपेचेजमार्फत पुनः प्रतिस्पर्धा गर्न पाउनेछिन् । दोस्रो चरणको खेल आज नै हुनेछ ।