काठमाडौं– ६ दिने भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्री सोमबार स्वदेश फिर्ता भएका छन्। उनलार्ई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
भ्रमणको क्रममा क्षत्रीले भारतका रक्षामन्त्री, रक्षा सचिव, राष्ट्रिय सुरक्षा सल्लाहकार, जल सह सेनाध्यक्षसहित अन्य उच्च पदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
साथै उनले नयाँदिल्लीमा रहेको अमर जवान ज्योति शहीद स्मारक, देहरादुनमा रहेको खलंगा वीर गोर्खाली शहीद स्मारक र ओडिसा राज्यको आर्मी एयर डिफेन्समा रहेको शहीद स्मारकमा माल्यार्पण गरेका थिए।
क्षत्री भारतीय सेनाका सेनाध्यक्ष जनरल बिपिन रावतको औपचारिक निमन्त्रणामा गत जेठ २३ गते भारत गएका थिए।
प्रतिक्रिया