माक्सवाद र जनवादको प्रवचन दिएर नेता नेपाल र श्रेष्ठ स्वदेश फिर्ता

माक्सवाद र जनवादको प्रवचन दिएर नेता नेपाल र श्रेष्ठ स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् ।

ब्राजिलको फ्लोरेस्टन फर्नाण्डेज नेशनल स्कूलको अध्ययन भ्रमणमा गएका नेता नेपालले त्यहाँ माक्र्सवाद र जनवादसम्बन्धी प्रवचन दिएका थिए ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले नेपालमा वामपन्थीको एकताप्रति अन्तर्राष्ट्रिय समुदायले खुशी व्यक्त गरेको जानकारी दिए । ब्राजिलमा रहँदा उनीहरुले ब्राजिलियन वर्कस पार्टीका नेता तथा सो पार्टी सम्बद्ध बुद्धिजीवीसँग दुई पार्टीबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल गरेका थिए ।