अमेरिकाले जित्यो कन्काकाफको उपाधि

अमेरिकाले जित्यो कन्काकाफको उपाधि


एजेन्सी- मेक्सिकोलाई फाइनलमा पराजित गर्दै कन्काकाफ फुटबलको उपाधि अमेरिकाले जितेको छ । अमेरिकाको नेभादास्थित एलिजेन्ट रंगशालामा भएको खेलमा अमेरिकाले मेक्सिकोलाई १–० ले पराजित गरेको हो । खेलमा निर्धारित समयसम्म कुनै पनि टोलीले गोल हुन नसकेपछि आधा घण्टा थप गरिएको थियो ।

खेलको १ सय १८ औं मिनेटमा अमेरिकाका लागि माइल्स रोविन्सनले गरेको गोल नै निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा मेक्सिकोले अमेरिकामाथि दबाब बनाएर खेले पनि गोल गर्न सकेन ।

अमेरिकाले १—० को जितसँगै सातौं पटक गोल्ड कप उपाधि जितेको हो । मध्य अमेरिकी, उत्तर अमेरिकी तथा क्यारेबियन देशहरुको ठूलो फुटबल प्रतियोगिताका रुपमा कन्काकाफ गोल्डकप आयोजना हुने गरेको छ ।