विप्लवका चार कार्यकर्ता प्रहरी हिरासतमा

विप्लवका चार कार्यकर्ता प्रहरी हिरासतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अखिलका ४ नेता कार्यकर्ता पक्राउ परेका छन्।

अखिल रसुवाका संयोजक नविन घिमिरे, अखिलका जिल्ला सदस्य सेजन ठकुरी, अखिलका केन्द्रिय सदस्य अटल शर्मा र पश्चिम ताम्सालिङ इञ्चार्ज बद्री अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुसँगै रसुवाली कवि ठाकुर तिमल्सिना पनि पक्राउ परेका छन्।

नेपाल कम्युनिस्ट पार्टी रसुवाका इञ्चार्ज रजमान तामाङका अनुसार  कालिका गाउँपालिका ४ धुसेनीमा अखिल क्रान्तिकारीको नवौं जिल्ला सम्मेलनमा प्रहरीले धरपकड गरेर उनीहरुलाई पक्राउ गरेको हो।