नेपाल र भारतबीच यसरी सम्पन्न भयो संयुक्त सैन्य अभ्यास

नेपाल र भारतबीच यसरी सम्पन्न भयो संयुक्त सैन्य अभ्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरि गत जेष्ठ १६ गतेदेखी भारतको पिथौरागढमा ‘अभ्यास सूर्यकिरण—१३’ नामक तालिम सुरु भएको थियो ।

भारतको मिजरममा २०६७ सालबाट पहिलो पटक सुरु भएको संयुक्त अभ्यास हाल एक/एक वर्षको अन्तरालमा नेपाल र भारतका विभिन्न ठाउमा संचालन हुंदै आएको छ ।

अभ्यासमा नेपाली सेनाको तर्फबाट ‘गोरख बक्स गणका प्रमुख सेनानी तिलक बहादुर थापा क्षेत्रीको कमाण्डमा ३०० फौज (१ सेक्सन महिलासहित) र भारतीय सेनाकोतर्फबाट ‘१३ जम्मुकस्मिर राइफल्स’का महासेनानी निपुन कृष्णनको कमाण्डमा ३०० फौज सहभागी भएका थिए ।

नेपाली सेनाको तर्फबाट संयुक्त अभ्यासको पर्यवेक्षकको रुपमा मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्की र भारतीय सेनाको तर्फबाट उत्तर भारत एरिया हेर्डक्वाटर्सका चिफ अफ स्टाफ उपरथी नीरज वर्माले ‘अभ्यास सूर्यकिरण—१३’ को संयुक्त रुपमा समापन गरेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।

संयुक्त अभ्यासमा नेपाली सेना र भारतीय सेनाबीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो । दुई देशका सेना बीच सम्पन्न सैनिक अभ्यासले सदियौंदेखि कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै द्विपक्षीय सकलदर्जाहरुबीचको समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाको दाबी छ ।