बार्सिलोनाबाट बाहिरिएसँगै मेस्सीको नयाँ गन्तव्यबारे चर्चा, जालान् त पीएसजी ?

बार्सिलोनाबाट बाहिरिएसँगै मेस्सीको नयाँ गन्तव्यबारे चर्चा, जालान् त पीएसजी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – लियोनल मेस्सी बार्सिलोनाबाट बाहिरिएसँगै उनको नयाँ गन्तव्यबारे चर्चा सुरु भएको छ । बिहीबार राती बार्सिलोना छोड्ने खबरपछि उनका समर्थकहरुमाझ मेस्सीको नयाँ गन्तव्यलाई लिएर चर्चा सुरु भएको हो ।

बार्साले आफ्नो सम्झौता नवीकरणको घोषणा गर्नुअघिसम्म मेस्सीका समर्थकहरुलाई विश्वास थियो कि उनी पुनः सोही क्लबमा आबद्ध हुनेछन् । तर, बार्साले एक विज्ञप्ति जारी गर्दै मेस्सी बार्सामा नरहेको जानकारी गरायो ।

बार्सासँगको सम्झौता रद्ध भएसँगै उनका समर्थकहरुले मेस्सी अब मन्चेस्टर सिटी वा इन्टर मिलान जाने आंकलन गर्न थालेका छन् । तर, उनलाई पेरिस सेन्ट जर्मेनले सम्पर्क गरेको खुलेको छ ।

पीएजीले मेस्सीलाई भित्र्याउने विषयमा औपचारिक रुपमा बोलेको छैन् । तर, वार्साबाट बाहिरिएसँगै मेस्सी र पीएजीबीच सम्पर्क भएको बताइएको छ । पीएसजीमा अर्जेन्टिनाका खेलाडीहरु एन्जेल डिमारिया र लियन्ड्रो पारेडस छन् । साथै ब्राजिलका नेयमार पनि पीएसजीमा आबद्ध छन् ।